२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

जनताका पहरेदार डिएसपी नै दिन्छन जुवा खेलाउन निर्देशन (अडियो सहित सार्वजनिक)

1857 Shares
Spread the love

बझाङ दंगा नियन्त्रण प्रहरी गण बाँकेबाट भदौको तेस्रो साता बझाङ सरुवा भएर आएका डिएसपी प्रविण धिताल जुवाडे तर्साएर कमाउने दाउमा छन । उनले बझाङ आएको एकसाता भित्रै नगद सहित जुवाडे पक्राउ गरे ।

भाद्र ३० गतेका दिन सदरमुकाम चैनपुरको विच भागमा रहेको माउन्टेन भ्यु होटेलमा जुवा खेल्दै गरेको अवस्थामा ८ जना जुवाडे सहित होटेलमालिकलाई प्रहरीले पक्राउ ग¥यो ।

उनिहरुको साथबाट ४ लाख २५ हजार नगद समेत बरामद गरिएको थियो । । पक्राउ परेका जुवाडेलाई १० दिन थुनामा राखे पछि दुई जनालाई जनही ७४ हजार र अरुलाई जनही २२ हजारका दरले धरौटीमा रिहा गरिएको थियो ।

ति जुवाडे छुटेको दिनबाटै बाजुरा घर भएका प्रहरी हवल्दार नरबहादुर खड्कालाई सादा पोसाकमा घुमुवाको रुपमा खटाएर उनिहरु सँगै बार्गेनिङ गर्न लगाएको र पहिला भन्दा दोब्बर बढी रकम असुलेर प्रहरी कै संरक्षणमा जुवा धन्दा संचालन गरेको तथ्य सार्वजनिक भएको छ ।

घुमुवा प्रहरी हवल्दार खड्का र डिएसपी धिताल विच भएको कुराकानीको दुईवटा टेलिफोन रेर्कड सार्वजनिक भएको छ । । पहिलो टेलिफोन रेर्कडमा खड्काले डिएसपी धिताललाई ‘आज गेम बनाउने भन्दैछन के गरौ सर ?’ भनेर सोधेका छन । त्यस समय काठमाण्डौमा रहेका धितालले खड्कालाई सोध्दै भन्छन ‘बजार भित्रै?’, ‘भित्रै भन्नाले यसो छेउछाउमा सर’ खड्का जवाफ फर्काउछन । ‘अँ हुन्छ’ डिएसपी धिताल भन्छन ।

फेरी खड्काले तत्कालिन प्रहरी प्रमुख रहेका इन्सपेक्टरले सइको कमाण्डमा प्रहरी परिचालन गर्न लागेको जानकारी आफुलाई आएको खड्काले डिएसपीलाई बताए पछि डिएसपीले बजार बाहिर कतै सुरक्षित स्थानमा लगेर जुवा खेलाउन खड्का लाई निर्देशन दिएका छन ।

२ मिनेट २८ सेकेन्ड अवधीको यो अडियोमा यस अघि भएका जुवाको खेलमा भएको कमिसनको विषयमा पनि कुरा गरिएको छ । हामीलाई प्राप्त ४८ सेकेन्ड लामो अर्काे अडियो रेर्कडमा नरबहादुर खड्काले नै स्थानिय होटल व्यवसायीको घरमा जुवा खेलाउने अनुमती मागेका छन । डिएसपीले बजारमै त्यसो नगर्न भन्दा खड्काले ‘बजार हैन, छेउमा छ त्यसको लागि म छदैछु’ भने पछि धितालले ‘ल ल हुन्छ’ भन्दै अनुमती दिएका छन ।

यी दुबै रेर्कड अलग अलग दिनको हुन । उनिहरु जुवामा १ करोडको हाराहारीमा हारजित भएको सुनाउछन । सदरमुकाम चैनपुृरमा प्रहरीकै संरक्षणमा ठुलो रकमको जुवा खेल हुने गरेको कुरा पटक पटक सार्वजनिक हुने गरेको थियो । जुवा तासका कारण नै प्रहरी बदनाम हुन थालेको अवस्थामा डिएसपी घितालले उठाएको यो कदमले बाह्रमासे जुवाडेहरुको मनमा झस्को पसेको थियो । तर जब जुवाडेहरुको यो समुह रिहा भयो, धितालको असलियत धेरै दिन टिकेन ।

उनले त जुवाडेहरुलाई पक्राउ गरेर पहिलाका डिएसपी भन्दा बढी रकम असुल गर्ने चाल मात्र चलेका रहेछन । यो कुरा ८ जना जुवाडे हिरासतबाट छुटेको केही दिन मै छर्लङ भैसकेको थियो । यो रेकर्ड पत्रकारहरुको हातमा परेको सुनेपछि डियसपीले पत्रकारहरुलाई पनि टेलिफोनमा मुद्घा लगाउने भन्दै धम्की दिदै आएका छन । प्रहरीले जुवा खेलाए बाफत जुवा खेलाउने घरधनीबाट एक रातमा १० देखी ४० हजार सम्म रकम उठाउने गरेको र त्यसको ५० प्रतिशत रकम रकम उठाउने घुमुवा र वडा प्रहरी कार्यालयका प्रहरीहरुले बाँडेर लैजाने गरेका छन ।

बाँकी रहेको ५० प्रतिशत रकम डिएसपीलाई बुझाउने गरेको प्रहरी श्रोतले बताएको छ । उनले जुवाडेबाटै मासिक ३ देखी ५ लाख सम्म उठाउने गरेको बुझिएको छ । बझाङ आएको ४ महिना नपुग्दै दैनिक जसो जुवा खेलाएर डिएसपी धितालले मात्र १२ लाख भन्दा बढी रकम उठाइसकेको श्रोतको दावी छ । बझाङ आउने डिएसपीको नियमित आम्दानीको श्रोत जुवा नै हुने गरेको थाहा पाएका जुवाडेहरु पनि डिएसपीको सुरुवाती कदमबाट आश्चर्यमा परेका थिए ।

पक्राउ परेका जुवाडेहरुले रकमको प्रलोभन देखाएर आफुहरुलाई कारवाही नगर्न गरेको अनुरोधको जवाफमा ‘म सँग हेलिकप्टर किन्ने पैसा छ, मलाई पैसाले किन्न खोज्ने ?’ भन्दै थर्र्काएको बताएका छन तर केहिदिन पछि त उनको असलियत देखिएको उनको भनाइ छ ।

यसरी डियसपी धितालले खुलेयाम प्रहरीको संरक्षणमा नै जुवातास खेलाउन निर्देशन दिएर प्रहरी संगठनको बेज्जत नै गरेका छन । यता डियसपी धिताइलाई यसबारे बुझ्न खोज्दा आफुले जुवाडे पक्राउ गर्न योजना बनाएको दावि गर्दै आएका छन । कारबार्हिको माग गर्दै विद्यार्थी संगठनद्घारा ज्ञापनपत्र पेश सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङका डियसपी प्रविण धितालले जुवा खेलाउन निर्देशन दिएको अडियो सामाजिक संञ्जाल तथा मिडियामा सार्वजनिक भएपछि आवश्यक छानविन गरी कारबार्हिको माग गर्दै २ विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन ।

प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन निर्देशन दिएको अडियो सार्वजनिक भएपछि विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा विज्ञप्ती जारी गरी आवश्यक छानविन गरी कारबार्हिको माग गरेका हुन ।

संयुक्त विज्ञप्ती
संयुक्त विज्ञप्ती

डियसपी धितालले जिल्लामा हुँदा जुवातास बन्द गरेर चर्चामा आउने तर काठमाण्डौ गई कमिसन लिएर जुवा खेलाउन अनुमती दिलाउने दोहोरो चरित्र देखाएको अनेरास्ववियूका जिल्ला सचिव प्रविन्द्र धामीले बताए ।

यसरी जनताको सेवक प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन दिएको निर्देशनको विद्यार्थी संगठनहरुले घोर आपत्ती रहेको उनको भनाइ छ । अनेरास्ववियूका सचिव प्रविन्द्र धामी र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रामचन्द्र रोकायाको संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवरलाई बुझाएको र बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।

संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमंिसंह कुँबरले यो बिषयमा आप्नो गम्भीर ध्यान आर्कषण भएको र तत्काल बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । सत्य र निश्पक्षता र जनताको पहरेदारको रुपमा चिनिने प्रहरी संगठन भित्र यस्ता विकृति देखिँदा बझाङबासी जनतामा नकारात्मक प्रभावका साथै विश्वास गुुमेको ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र र बजार क्षेत्रमा प्रेस विज्ञप्ती पनि टाँस गरी विद्यार्थी संगठनहरुले तत्काल घटनाको छानविन गरी यसमा संलग्न जोकोहिलाई पनि कडा कारबार्हि गर्नुपर्ने अनेरास्ववियू क्रान्तिकारी का अध्यक्ष तथा जयपृथ्वी क्याम्पसका स्ववियू सभापती रामचन्द रोकायाले बताए ।

उनले वास्तविक छानविन गरी कडा कारबार्हि नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । जिल्लाका डिएसपी प्रविण धितालले जुवा खेलाउन दिएको निर्देशनको घोर भत्सर्ना गर्दै छानविन गरी कारबार्हिको माग गर्दै प्रेस चौतारी र प्रेस सेन्टर नेपालले प्रेस विज्ञप्ति निकालेको छ । डियसपी धितालले घुमुवा प्रहरीलाई जुवा खेलाउन निर्देशन दिएको अडियो सामाजिक संञ्जाल तथा मिडियामा सार्वजनिक भएपछि दुई वटै पत्रकारका संगठनहरुले पनि आवश्यक छानविन गरी कारबार्हिको माग गर्दै प्रेस विज्ञप्ति निकालेको हो ।

प्रेस चौतारीका अध्यक्ष रमेस केसी र प्रेस सेन्टरका अध्यक्ष जयभक्त जोशीको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा डियसपी धितालले जिल्लामा हुँदा जुवातास बन्द गरेर चर्चामा आउने तर काठमाण्डौ गई कमिसन लिएर जुवा खेलाउन निर्देशन दिने जस्ता दोहोरो चरित्र बारे संगठनको घोर आपत्ती रहेको जनाएको छ । जुवा खेलाउन निर्देशन दिएको आरोप लागेका डियसपी धिताल भने आफुले जुवाडे पक्राउ गर्न बनाएको योजनाको अडियो नै बाहिरिएको बताउँदै आएका छन ।

पत्रकारका संगठनहरुले बजार क्षेत्रमा प्रेस विज्ञप्ती टाँस गरी प्रमुख जिल्ला अधिकारीलाई समेत बुझाएका छन । जुवा खेलाउन निर्देशन दिएको अडियो पत्रकारहरुको हातमा परेपछि डियसपी धितालले पत्रकारहरुलाई समेत मुद्घा लगाउने धम्की दिदै आएका थिए ।

उनले आफुले जुवाडे पक्राउ गर्न योजना बनाएको भन्दै आएको भएतापनि उनको बाहिरिएको रेकर्ड र उनले भनेको योजनाको मेल खाएको छैन । सत्य र निश्पक्षता सहित जनताको पहरेदारको रुपमा चिनिने नेपाल प्रहरी भित्र यस्ता विकृति देखिँदा बझाङबासीको नकारात्मक प्रभाव पर्नुका साथै विश्वास गुम्न पुगेको प्रेस चौतारीका अध्यक्ष रमेस केसीले बताए । राज्यले यस घटनाको तत्काल छानविन गरी कारबार्हि गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया