२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बर्दी र हतियारसहित भारतीय प्रहरी नेपाली भुमिमा

2506 Shares
Spread the love

माघ ९-  नेपालको कमजोर सिमा सुरक्षाको कारण भारतीय सुरक्षाकर्मीहरुको मनपर्दी हुँदै आएको घटना अब नौलो रहेन । नेपाल भारत सिमा क्षेत्रमा बस्ने नेपालीहरुले यी भारतीय सुरक्षाकर्मी , एसएसबीका जवानहरुबाट पीडित बन्दै आईरहेका छन् । सिमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुको दादागिरी मनपरी चलिरहँदा सरकार नेपाल यसप्रति गम्भिर भएको देखिँदैन । यदि हुन्थ्यो भने सिमामा बस्ने नेपालीहरु उनीहरुबाट लुटिने कुटिने घटना हुन्थेन भने सिमा बिवाद पनि हुने थिएन ।

नेपालको सुरक्षा संयन्त्रलाई नै चुनौती दिँदै बिरगन्ज एक भारतीय सुरक्षाकर्मी हिरो जसरी बर्दि र हतियारसहित नेपाली भुभागमा बाईक कुदाइरहेका देखिए । जसले ट्राफिक नियम समेत पालन नगरी हेलमेट समेत लगाएका थिएनन् । नेपालमा कुनै पनि भारतीय नम्बर प्लेटका सवारी साधन भित्रिँदा अनिवार्य रुपमा पुर्जी लिनु पर्छ तर यी भारतीय प्रहरीसँग न इन्ट्री पुर्जी थियो । न सवारी चालक अनुशासन नै पालन गरेका थिए । यी सब कुरा थाहा हुँदा हुँदै पनि उनले यसप्रति चरम लापरवाही गरेका थिए । तर उनले भने आफु बिरगन्जमा मिटिङका लागि आएको र हतार हतारमा हेलमेटसमेत लगाउँन बिर्सिएको बताए ।

भारतीय सुरक्षाकर्मी

उता नेपाल प्रहरीका अनुसार सोमबार दुई देशका प्रहरीबीच कुनै औपचारीक मिटिङ थिएन । उनले बोर्डरबाट बिरगन्ज सम्म आउनका लागि नेपालका ९ वटा चेकिङ छल्दै आएका थिए । तर नेपाल सरकारका कुनै पनि निकायले उनलाई रोकेर उनको इन्ट्री पुर्जी र हेल्मेट चेक गरेनन् । यसबाटै थाहा हुन्छ सिमामा नेपाली सुरक्षा संयन्त्र कति कम्जोर छ । त्यसोत नेपालका सवारी साधानहरु भारत भित्रिन सजिलै पाउँदैनन् तर भारतीय गाडीहरु भने मनलाग्दी तरिकाले गुड्ने गर्छन् त्यो पनि देशैभर । तराई क्षेत्रमा हुने अपराधिक घटना अधिकांश सिमा क्षेत्रमा हुने कमजोर सुरक्षासंयन्त्रको कारण हुने गरेको देखिन्छ । यस्ता अपराध घटाउँन र देशकै सुरक्षामा पनि चनाखो हुन प्रहरी प्रसासन र सरकारले कहिले ध्यान दिने हो कुन्नी ?

प्रतिक्रिया