२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रभाषको बिवाह पक्का तर को-संग ?

2015 Shares
Spread the love

बलिउड तथा साउथका चर्चित अनि लोकप्रिय नायक प्रभाष पछिल्लो समय बाहुबलीबाट फिल्मको कारण मात्र नभई लभ अफियर र बिवाहको खबरले पनि चर्चामा आउँने गर्छन् । हुन त प्रभाष बाहुबली अघि पनि चर्चित नै थिए तर यो फिल्मको सफलतापछि उनी रातारात सुपरस्टार बने । हाल बलिउड तथा साउथमा नै प्रतिक्षित मानिएको फिल्म साहोको सुटिङमा व्यस्त रहेका प्रभाषले साहोको रिलिज लगत्तै बिवाह गर्ने पक्का भएको छ ।

प्रभाषको बिवाहको बारेमा उनको मामा एवं कलाकार कृष्णनम राजुले यस बारेमा खुलासा गरेका हुन् । आफनो ७९ औँ जन्मदिन मनाउँने क्रममा मिडियासंग कुराकानी गर्दे उनले प्रभाषाले साहोको रिलिजपछि बिवाह गर्ने बताएका हुन् । हुनत यसअघि पनि उनले प्रभाषको बिवाहको बारेमा कुरा गरेका थिए । तर ती अहिलेसम्म गफमात्र साबित भए । त्यसोत प्रभाषलाई यतिबेला घरपरिवारबाट पनि बिवाहका लागि दबाब भने छ नै ।

अब रह्यो प्रभाषले बिवाह गर्ने युवती को हुन त ? सिनेमा क्षेत्रमा लामो समयदेखि प्रभाष र बाहुबली फेम नायिका अनुष्का शेट्टीबीचको प्रेम सम्बन्ध निकै चर्चामा आयो । उनीहरुबीच प्रेम सम्बन्ध रहेको धेरैले दाबी गर्छन् तर उनीहरुले भने आफुहरु साथीमात्र भएको बताउँछन् । बिगत ११ बर्षदेखि एक अर्कासंग नाम जोडिरहेका प्रभाष र अनुष्काबीच नै के बिवाह होला त ?

प्रभाष र अनुष्का

प्रतिक्रिया