२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

विप्लव माओवादीले सिमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले हटायो

2336 Shares
Spread the love

माघ ९-  भारतसँग सीमा जोडिएको चितवन माडीको सोमेश्वरगढी सीमा क्षेत्रमा विप्लव माओवादीले मंगलबार काँडेतार लगाएको थियो तर काँडेतार लगाएकै राति प्रहरीले हटाएको छ । पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन इन्चार्ज कृष्ण अधिकारीको नेतृत्वमा गएको अखिल (क्रान्तिकारी) को टोलीले करिब ३० मिटर सीमानामा काँडेतार लगाएको थियो जुन प्रहरीले हटाएको छ। १९५० देखि अगाडि र पछाडिका भारतसँग भएका सबै सम्झौता खारेजीको माग गर्दै टिस्टादेखि काँगडासम्म सीमा व्यवस्थित गराउन विप्लव माओवादीले माग गरेको थियो ।

भारतले सीमा मिच्दा पनि सरकारले बेवास्ता गरेको भन्दै उनले काँडेतार लगाउन बाध्य भएको बताएका थिए तर प्रहरी सो काँडेतार भने हटाएको छ । काँडेतार लगाएको खबर विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएलगत्तै प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्कालै काँडेतार हटाउन आदेश दिएपछि ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब निरीक्षक उमेश कोइरालाको नेतृत्वमा घट्नास्थल पुगेका प्रहरी टोलीले काँडेतार हटाइएको हो ।

भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको भन्दै अखिल (क्रान्तिकारीले) सिमा बचाउँ अभियान सुरु गरेको थियो । उक्त अभियान अन्र्तगत देशभर मिचिएका सिमा क्षेत्रमा काँडेतार लगाईनेछ । अखिल (क्रान्तिकारी)  ले भारत र चीनसँग सिमा जोडिएमा क्षेत्रमा मिचिएका सिमा फिर्ता गरेर काँडेतार लगाउने योजना समेत बनाएको छ ।

प्रतिक्रिया