२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अर्जेन्टिनी फुटबलर चढेको विमान बेपत्ता , जीवितै भेटाउँने आसा न्युन

1513 Shares
Spread the love

माघ ९ – चर्चित अर्जेन्टिनी फुटबलर एमिलियानो साला चढेको विमान बेपत्ता भएको छ । भर्खरै मात्र महंगो रकममा इङ्लिस क्लब कार्डिफ सिटीमा आबद्ध भए भएका उनी चढेको विमान सोमबार रातिदेखि च्यानल आइल्यान्ड्सबाट हराएको हो। । खेलाडी चढेको विमान हराएपछि यसको खोजी कार्य तिव्ररुपमा भईरहेको छ । तर एमिलियानो साला जीवितै भेटाईने सम्भावना भने निकै कम भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । विमानमा उनीसंगै अर्का व्यक्ति पनि सवार छन् ।

सोमबार राति च्यानल आइल्यान्ड्समा पुगेपछि साला चढेको विमानको सम्पर्क टावरसँग टुटेको थियो। नान्टेसबाट साँझ ७ः१५ बजे उडेको उक्त विमानको जर्सी एयर ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो। त्यतिबेला विमान पाँच हजार फिटको उचाइमा उडिरहेको र विमानका चालकले आपतकालीन अवतरणको अनुमति मागेको बताइएको छ। उनको खोजीका लागि डुंगा देखि हेलिकप्टरसमेत परिचालित गरिएको छ तर अहिलेसम्म विमानको कुनै अत्तोपत्तो भएको छ ।

सालाले मंगलबारदेखि नयाँ क्लब कार्डिफ सिटीमा अभ्यास गर्ने कार्यक्रम रहेको थियो। तर उनी अहिलेसम्म बेपत्ता छन् । साला फ्रान्सेली लिग फुटबलका प्रभावशाली खेलाडी हुन्। उनले यो सिजन फ्रेन्च लिग र फ्रेन्च कपमा क्लबका लागि १३ गोल गरेका छन्। उनी यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा केलियन एमबाप्पे र निकोलस पेपेपछि तेस्रो स्थानमा छन्। उनी चढेको विमान बेपत्ता भएसंगै उनका परिवार , खेल क्षेत्र र प्रशंसकहरुमा निकै दुख छाएको छ ।

प्रतिक्रिया