1693
Shares
माघ ९ – केही दिन अगाडी प्रहरीको कुटाईबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका थिए । सामान्य भनाभन हुँदा प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत गम्भिर घाईते हुँदा अस्पताल नै लान परेको थियो भने उनको जटिल शल्याक्रिया समेत गरिएको छ । बस्नेतलाई अनुचित बल प्रयोग गरी कुटपिट गरेको पाइएपछि प्रहरी नियमावली अनुसार निज २ प्रहरी जवानलाई निलम्बित गरेको छ ।
कुटाईबाट बस्नेतको पिसाब नली फुटेको थियो भने पेट भित्रको अंग च्यातिएको थियो । फियो निकालेर पेटमा जम्मा भएको झण्डैं दुई लिटर रगत सफा गरेको डाक्टरहरुको भनाई छ । बस्नेतको मेजर अप्रेसन भएकाले पेटमा ५० भन्दा बढि टाँका लगाइएको छ । उनीहरुले मदिरा सेवन गरेर अंग्रेजी बोलेको भन्दै मरासन्न हुनेगरी बस्नेतसहित बिक्की गैरे, कृष्ण खत्रीबीच झगडा परेको थियो ।
