२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कांग्रेसबाट साधारण सदस्य समेत नहरनेगरि कार्बाहिमा परेका गाेबिन्द राज जाेशिलाइ खुला पत्र

1087 Shares
Spread the love

आदरणीय कमरेड गोबिन्दराज जोशीज्यू नमस्कार,
आरामै हुनुहोला भन्ने विश्वास लिएको छु मैले आज तपाईं लाई कमरेड भनेर सम्बोधन गरे अनि नमस्कार मात्र गरे जय नेपाल नभनेर कमरेड भनेकोमा चित्त नदुखाउनु होला किनभने गएको चुनावमा खुलम खुला सुर्यमा भोट मागेर बाघी उमेदवार हुनुभयो अनि रामचन्द्र पौडेललाई हराउनुमा गर्ब गर्नु भयो त्यसैले यो सम्बोधन गरेको हो , तनहुँमा जन्मेकोले र तपाईंले हराएको काङ्ग्रेस पार्टीको  एउटा कार्यकर्ताको हैसियतले यो खुला पत्र लेखेको छु  । हुन त तपाईसँग प्रत्यक्ष मेरो त्यति लामो र गहिरो  सम्बन्ध छैन सायद चिन्नु पनि हुदैन होला तर पार्टी को बिधान र निति बिपरित कानुनको ज्ञाता भन्ने तपाईंले जुन हत्कनडा अपनाउनु भएको छ यसले  जनआधारमा नभई सामाजिक संञ्जाल र खबरबाट पक्कै आनन्द भयो होला । पटक पटक बिरोध कार्यक्रममा तपाईंले बोलेका भिडियो क्लीप सामाजिक संजालमा पोष्ट गरेको हेर्ने अवसर पनि मिल्यो ।त्यसैले सर्व प्रथम तपाईंको नयाँ कदमसँगै अगाडिका दिनहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
हुन त काँगे्रस कार्यकर्ताका लागि तपाईंको कारबाहीले केही असजिलो चाँहि बनाएकै छ । जिन्दगीको लामो समयसम्म प्रजातन्त्र पुर्नस्थापनाका लागि काँग्रेसको सक्रिय कार्यकर्ता तथा नेताको हैसियतले पञ्चायतकालमा तपाईले खेलेको भूमिका प्रशंसनीय छ । एक समय तनहुँ  काँग्रेसका नेताको नाम लिनु पर्दा तपाईं केही नम्बर भित्र पर्ने नेता हुनुहन्थ्यो ।सादगी र त्यागी नेताको रुपमा काँग्रेजजन भित्र तपाईंको लोकप्रियता भएकै हो । त्यहि कुरालाई मध्यनजर गर्दै काँग्रेस सरकारमा हुँदा तपाईंलाई पटकपटक मन्त्री बनाएको हो तर भ्रष्टाचार गर्न पठाइएको थिएन । हुन त काँग्रेसमा रहँदा पार्टीले मलाई केही दिएन अर्थात सम्मान गरेन भन्ने तपाईको अभिव्यक्ति पटक पटक सुनिने गरिन्थ्यो । तर तपाईंले  बुझ्नु पर्ने कुरा के हो भने काँग्रेस पार्टी भित्र तपाईंले भन्दा बढी दुःख गरेका र जेलनेल खाएकाहरुले तपाईंले पाए जति सम्मान र सुविधा नपाएका दर्जर्नौ नेता ,कार्यकर्ताहरु छन् । जो आजसम्म निरन्तर लोकतन्त्रका लागि काँग्रेस पार्टीको सदस्यको हैसियतमा दिन बिताइरहेका छन। भ्रष्टाचारको मुद्दा  नलागेको भए भन्ने कुरा पनि आउन सक्छ त्यो पार्टीले वा कसैले  लगाएको पनि होइन । आजभन्दा केही वर्ष पहिला काँग्रेसबातै  टिकट पाएर पनि हार्नु भयो के त्यो पार्टीले हराएको कि जनताले???हामीले मात्र होइन केन्द्र र जिल्लाका नेताहरु समेतले तपाईलाई पटकपटक संझाउने काम भयो तर बिदम्बना तपाईं झन झन् नकारात्मक र सुरो बन्दै जानु भो।यसले आम कांग्रेस लाई दुःखित बनाइ रह्यो ,जहिले पनि सिमित मान्छेको घेरा र बन्दी कोठामै ठेकेदारी गर्ने तपाईंको आदत सुदृढ भएन झन झन् बढिरह्यो !!
जोशीज्यू मैले तपाईलाई सोध्नैै पर्ने केही जिज्ञासा मेरो मानसपटलमा आयो ??
१.  पछिल्लो समयमा नेपाली काँग्रेस पार्टी केन्द्रिय पंक्तिमा तपाईको लोकप्रियतामा आएको स्खलन र पराजित अबस्था तपाईंको  कारणले हो कि रामचन्द्रको कारण  ? कि तपाईले सधैं  कार्यकर्तामाथि दोष थुपारिरहनुहुन्छ?
२.  नेपाली काँग्रेसका  नेता कार्यकर्ताले कहिले तपाईलाई अन्याय गरे वा अपमानित गरे?  कार्यकर्ताको  बिच लोकप्रिय हुँदाहुँदै तपाईंले गरेको भ्रष्टाचारको परिणामले होइन र पछिल्लो काँग्रेसको  महाधिवेशनमा पटकपटक पराजित हुनभएको ?अनि गएको  निर्वाचनमा पार्टीकै  उम्मेदवार बन्न चाहनुभएको थियो तपाई ,तर मुद्दा बिचाराधिन हुँदा हुँदै तपाईलाई पार्टीको उम्मेदवार बनाउनुपर्थ्यो कि बनाउनु हुदैनथ्यो ??सधैं केही अगुवा कार्यकर्ताको मात्र जय जयकार मा रमाउनु के तपाईंको कमजोरी होइन र?
३.नेपाली कांग्रेसका आधिकारिक उमेदवारको विरुद्ध बाघी हुनुभएको  थियो ।अनी निर्वाचन आयोगले तपाईंको उम्मेद्बारी खारेज गरेपछि तपाईंले भोट के मा माग्नु भएको थियो ???कति जनालाई पैसाको चिट कात्नु भो सुर्यमा भोट खसाल्न ?? के तपाईले  प्रजातान्त्रिक समाजवादको जगमा मात्र नेपाललाई परिवर्तन गर्न संभव छ भन्ने  कुरा भुल्नु भएकै हो?
४ काँगेस भित्र गुट उपगुट छ भनेर तपाईंले भन्ने गर्नुहून्थ्यो । त्यो एथार्थतालाई हामी सबैले स्वीकार गर्दछौं । के त्यसको आडमा आफ्नो जिल्लाको नेताको हाइट घटाएर तपाईंको हाइट बढिरहेको छ ???
५ रामचन्द्र पौडेल  हिन्दूत्वलाई नजिकबाट अंगिकार गरेको एक व्यक्ति, आध्यात्मिकता भन्दा  भौतिकतालाई प्राथमिकता दिने र विचारमा लडाइँ लड्ने नेता अनि निरंकुशताविरुद्ध सयौं  सिङ्गऔरि खेलेको त्यागी ,समाजबादी चिन्तक ,जनताको छोरा तपाई भन्दा ठुलो हुन नहुने ???यस्तो कमजोर तपाईंको मनोविज्ञानको समुचित  प्रतिनिधित्व काँही हुन सक्छ ?
६.२०४६ सालमै कागती खेती गरेर रामचन्द्र पौडेलले दमौलीमा घर बनाए ,के खेती किसानी गर्नु बेठिक हो???घर चलाउन भ्रष्टाचार नै गर्नुपर्ने हो ????
गोबिन्दराज जोशी ज्यु ,तपाईसँगै सोध्नैपर्ने प्रशस्तै प्रश्नहरु त अझै धेरै  छन् । अब पार्टीको कारबाहीमा परेकोनेता सँग कार्यकर्ताको हैसियतमा त प्रश्नोत्तर नहोला । तर सामन्य नागरिक  र साथीभाईको रुपमा तपाईंसँग छलफल र बहसमा चाँही अबश्य जुटुनेछौं । तपाईले भने झैं समाज र राष्ट्र निर्माणमा सबैको भूमिका अपरिहार्य रहनेछ । तपाई आफनो स्थानबाट देश निर्माणमा जुट्नुहोस् , म र मेरा  साथीहरु आफ्नै विचार बोकेको दलबाट देश बनाउने अभियानमा जुट्ने छौ!!
तर हामीलाई तघारो हाल्ने काम नगर्नुहोस् !!!

उहि तपाईंको पुरानो पार्टी काँगेसको सदस्य
नवीन राज पौडेल
रिस्ती ,तनहुँ (हाल: काठमाडौँ )

प्रतिक्रिया