२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाली सेनासँग तालिम लिंदै विदेशी सेनाका अधिकृत

1605 Shares
Spread the love

काठमाडौं ।  नेपाली सेनाले प्रत्येक वर्ष दिँदै आएको ‘प्रतिविद्रोह तथा जंगल वार फेयर’ तालिममा हालसम्म ११ देशका ६२ जना विदेशी सेनाका अधिकृत सहभागी भएका छन् ।

नेपाली सेनासँग प्रतिविद्रोह तालिमका विषयमा लामो अनुभव रहेकाले विदेशी सेना यसप्रति आकर्षित भएका हुन् ।

नेपाली सेनाले आफ्ना अधिकृतलाई मात्र दिँदै आएको प्रतिविद्रोह तालिम २०५७ सालदेखि विदेशी सेनालाई समेत दिन सुरु गरेको हो ।

यस वर्ष भने चीन, कोरिया, म्यानमार र पाकिस्तान गरी चार देशका ६ जना सेनाका अधिकृतले नेपाली सेनासँग प्रतिविद्रोह तालिम लिएका छन् ।

नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता यामप्रसाद ढकालले नेपाली सेनासँग प्रतिविद्रोह तालिमका विषयमा लामो अनुभव रहेकाले विदेशी सेनासमेत तालिमका लागि आउने गरेको जानकारी दिए ।

तालिम लिन नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वार फेयर शिक्षालयमा २०५७ सालदेखि हालसम्म ११ देशका ६२ जना विदेशी सेनाका अधिकृत सहभागी भएको बाराको अमलेखगन्जस्थित प्रतिविद्रोह तथा जंगल वार फेयर शिक्षालयका शिक्षाधिकृत तथा महासेनानी गौरवकुमार केसीले जानकारी दिए ।

तालिमका लागि हालसम्म ११ देशमध्ये चीनबाट सबैभन्दा बढी २० सेना आएका छन् । -राजधानी दैनिकबाट

प्रतिक्रिया