1740
Shares
पोखरा । सर्बसाधारणलाई विभिन्न प्रलोभन देखाएर साढे २ करोड रुपैयाँ ठगेर फरार भएकी एक महिला काठमाडौँको दरबारमार्गबाट पक्राउ परेकी छन्।
बागलुङको बडिगार्ड गाउँपालिका ८ स्थायी घर भई हाल पोखरा महानगरपालिका २६ अर्घौमा बस्दै आएकी ४२ वर्षीया सरिताकुमारी राना मंगलबार पक्राउ परेकी हुन्।
विभिन्न वहानामा पैसा खाएर फरार भएको भन्ने उजुरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेपछि प्रहरीले उनको खोजी तिब्र पारेको थियो । पोखरा २६ अर्घौंका दिलमाया पुन, जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुन थापा, चन्द्रबहादुर सुनार लगाएतले उनी बिरुद्ध प्रहरीमा उजुरी दिएका थिए।