591
Shares
माघ ८ -यतिबेला बलात्कारको आरोप झेलिरहेका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई २३ महिनाको जेल सजाय सुनाएको छ । कर छलीको आरोपमा उनलाई सो सजायँ सुनाईएको हो । रोनाल्डोले कर छली गरेको आरोप स्वीकार पनि गरेका छन् । तर उनले जेल भने जान परेन । जेल जान तयार नभएपछि रोनाल्डोले १९ मिलयन यूरो जरिवाना तिर्न राजी भएका हुन् । २४ महिनाभन्दा कम समयावधिको जेलसजाय भोग्नु नपर्ने कानुनको फाईदा उठाउँदै रोनाल्डोले जेल जान अस्वीकार गर्दे जरिवाना तिरेका हुन् ।
अदालतमा रोनाल्डो स्वंयम उपस्थित भएका थिए । अदालतमा १५ मिनेट उपस्थित भएका उनले मिडियासंग पनि खासै बोलेनन् । रोनाल्डोमाथि १४ दशमलव ७ मिलयन युरो कर छलेको अभियोग लागेको थियो । हाल युभेन्ट्स क्लबबाट खेल्दै आएका ३३ वर्षीय खेलाडी रोनाल्डो विश्वमै सर्वाधिक मंहगा खेलाडीको रुपमा लिईन्छ ।
