२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गोंगबुमा पेस्तोलसहित अभिलास पक्राउ

745 Shares
Spread the love

गोंगबुको लक प्रालि गेष्ट हाउसमा बसेका हतियार कारोबारी अभिलास तामाङलाई मंगलबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि तामाङले गोली हानेका थिए। प्रहरीको जवाफी फाइरिङमा तामाङको खुट्टामा गोली लागेको थियो।

तामाङको साथबाट एकथान चाइनीज पेस्तोल र ६ राउण्ड गोली बरामद भएको काठमाडौंका एसपी अशोक सिंहले बताए । तामाङको खुट्टामा गोली लागेपछि उपचारार्थ शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया