२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाल-भारत सिमानामा विप्लव कार्यकर्ताले यसरी लगाए काँडेतार (भिडियो)

1234 Shares
Spread the love

काठमाडौं । चितवनको माडी नगरपालिका वडा नं ५ स्थित मरचरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक विगतमा भारतद्वारा मिचिएको नेपाली भूभागमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले काँडेतार लगाएको छ।

माउ पार्टीको आव्हवानमा अखिल क्रान्तिकारीले काँडेतार लगाएको हो। अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार ३० मिटर लामो रहेको  छ।

भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचेको दाबी छ। उक्त मिचिएको जमिनका बारेमा अहिलेसम्म बनेका कुनै पनि सरकारले भारत सरकारसँग वार्ता गरेर वा दबाब दिएर फिर्ता नगराएकाले अखिल क्रान्तिकारीले देशको ‘सीमा बचाऔँ अभियान’ अन्तर्गत उक्त स्थानमा काँडे तारबार लगाएको हो।

भारतले आफूद्वारा मिचिएको जमिन फिर्ता नगर्दासम्म  सीमा बचाऔँ अभियान जारी रहने क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले बताए।

भारतले जङ्गेपिलर नेपालभित्र सारेर मात्र नभएर कोसी, गण्डक नहर निर्माण गर्दा र महाकाली सन्धि गर्दासमेत नेपाली भूमिमाथि अतिक्रमण गर्दै आएको छ ।

त्यसैगरी नेपालको भूभाग कालापानीमा दसकौँदेखि भारतीय सेनाले क्याम्प खडा गरेको छ । सन् २०१५ (२०७२ साल) मा मात्र नेपालको भूमि लिपुलेक भारतले आफ्नो भनी चीनसँग सम्झौता गरेको छ। यसका बारेमा चौतर्फी विरोध भएपछि चीन सम्झौताका बारेमा पुनर्विचार गर्न तयार हुँदा पनि नेपाल सरकारले कुनै चासो देखाएको छैन ।

केही वर्षअघि १९५० को सन्धिलगायत नेपाल–भारतको सीमा समस्या समाधान गर्ने भनेर भेषबहादुर थापाको नेतृत्वमा गठित प्राज्ञिक समूहले तयार पारेको प्रतिवेदन अहिलेसम्म भारतीय सरकार पक्षले बुझ्न आनाकानी गरिराखेको छ। त्यसमा सीमा समस्याका बारेमा विवादास्पद कुरा लेखिएको भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानिराखेका छैनन्।

https://www.youtube.com/watch?v=XOKCH7dcDY4

प्रतिक्रिया