937
Shares
काठमाण्डौं, माघ, ८ ।
काठमाडौंको एक होटलमा प्रहरीले गोली चलाएको छ ।
गोंगबुमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिन खोज्दा जाइलागेको भन्दै गोली चलाएको जनाएको छ । हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै जाइलागेको भन्दै प्रहरीले गोली चलाएको हो।
एक गेष्ट हाउसमा रहेका काभ्रेका अभिलाश तामाङलाई गोली हानी नियन्त्रणमा लिएको एसएसपी वशन्त लामाले जानकारी दिनु भयो । काठमाडौं प्रहरी परिसरका प्रमुख समेत रहनु भएका लामाले घाईते दायाँ खुट्टामा गोली लागेको जनाउनु भयो ।
तामाङले प्रहरीमाथि नै गोली ताकेपछि प्रहरीले गोली चलाएको एसएसपी लामाको भनाई छ । तामाङका साथबाट एक थान पेस्तोल त्यसमा लाग्ने गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।