1201
Shares
माघ ८ – धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका-१४ स्थित धुवाकोटको रातमाटेमा एक महिलाको घाँटी रेटेर विभत्स हत्या भएको छ । मंगलबार बिहान बारीमा काम गर्न गएकी मनिता आलेमगरको आफनै भतिज सुमन आलेमगरले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घटनास्थलमै मनिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यापछि सुमन फरार रहेका छन् । उनको प्रहरीले खोजीकार्य सुरु गरिसकेको छ । मृतक ३० बर्षीय मनिता ५ बर्षे छोरीको आमा समेत हुन् । घरायसी सम्बन्ध राम्रै भएको तर हत्याको कारण भने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

