२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गुडिरहेको ट्रकमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

987 Shares
Spread the love

फाईल तस्विर


पोखरा । सिद्धार्थ राजमार्गमा पर्ने स्याङजा बुटवल सडकखण्डमा गुडिरहेको एक ट्रकमा माथिबाट ढुँगा बजारिँदा ट्रकका चालकको ज्यान गएको छ।

स्याङजाको वालिङ नगरपालिका वडा नम्बर १३ गाहाखोलामा गुडिरहेको ट्रकमा सडक माथिबाट खसेको ढुङ्गाले लागेर ढुङ्गा चालकको ज्यान गएको हो।

आज मंगलबार स्याङजाबाट बुटवलतर्फ जाँदै गरेको ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा ढुङ्गा लागेर स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ का २८ वर्षीय प्रेम शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ। ट्रकमा सवार २ जना भने सकुसल रहेका छन्।

प्रतिक्रिया