२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

निर्मला हत्या प्रकरणबारे अनुसन्धान तिब्र पारेका छौँ : नेपाल प्रहरी

1595 Shares
Spread the love

काठमाडौँ । नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पारेको छ।

निर्मला हत्या प्रकरण प्रतिष्ठाको विषयसमेत बन्न गएको उल्लेख गर्दै नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अझ मेहनतसहित अनुसन्धानको काम उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीयले आवश्यक सहयोग नगरेकाले सो हत्या प्रकरणको छानवीनमा ढिलाई भएको पनि बताए।

प्रवक्ता सुवेदीले सो प्रकरणमा बम दिदीबहिनी बबिता र रोशनीको संलग्नता नरहेको दावी पनि गरे। सो प्रकरणमा बम दिदीबहिनी संलग्न रहेको कुनै पनि प्रमाण हालसम्म फेला नपरेको र अदालतले पनि त्यस्तो कुनै आदेश नदिएकाले उनीहरुलाई दोषी करार गर्न नसकिने प्रवक्ता सुवेदीको तर्क छ।

प्रहरीले ‘लिटिल बुद्ध’को नामले चर्चित धर्मगुरु भनिएका रामबहादुर बञ्चनमाथि ५ जना आनीहरु वेपत्ता पारेको उजुरी परेको उल्लेख गर्दै त्यस सम्बन्धमा छानवीन सुरु गरिएको पनि बताए।

प्रतिक्रिया