२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रियंकाले निर्माण गरेको नेपाली भाषी फिल्म युट्युवमा रिलिज(भिडियो सहित)

998 Shares
Spread the love

बलिउड तथा हलिउड नायिका प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषी फिल्म पाहुना युट्युवमा रिलिज भएको छ । प्रियंका को होम प्रडक्सन पर्पल प्यावल पिक्चरको व्यानरबाट निर्माण भएको उक्त फिल्म डिसेम्बर ७ मा रिलिज भईसकेको छ । प्रियंका चोपडाको फिल्म त्यसमा पनि नेपाली भाषामा बनाईएपछि फिल्मप्रति नेपालीहरुले पनि चासो देखाएका थिए तथापी फिल्म भने नेपालमा पनि राम्रोसंग चल्न सकेन ।

पाखी ए टायरवालाले निर्देशन गरेको फिल्ममा तीन नेपाली बच्चाको कहानी रहेको छ जसमा आमा बुवाबाट अलग हुन्छन् र नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुग्छन् । फिल्ममा अनमोल लिम्बु र इसिका गुरुङ मुख्य कलाकारको रुपमा रहेका छन् । बक्सअफिसमा खासै नचलेको यो फिल्म बिदेशका विभिन्न फिल्म फेस्टिबलहरुमा भने विभिन्न अवार्ड जित्न सफल भईसकेको छ ।

 

https://www.youtube.com/watch?v=GwyvV1GZCRQ

प्रतिक्रिया