1051
Shares
आशिष तामाङ काठमाडौ– गायिका रेष्मा बम्जन तामाङलाइ एपिक नेपाल म्युजिक अवार्ड–२०७५ को बेस्ट सेलो महिला गायिकाको रुपमा अवार्ड जितेकी छिन । उनी सांगीतिक क्षेत्रमा लागेको छोटो समयमा नै लोकप्रीय बन्न सफल भएकी हुन् ।
“के सारो हेरेको च्याङबा” बोलको गीतबाट अवार्ड बम्जनले प्राप्त गरेका हुन् । उक्त गीतमा सन्जीब वाईबाको शब्द, सङ्गीत रहेको छ । सोही गितको बोलमा एपिक नेपाल म्युजिक अवार्ड–२०७५ को वेष्ट सेलो फिमेल सिङगर अवार्ड उनले प्रतियोगितामा जितेकी हुन् ।
कला र गलाको संरक्षण हाम्रो अभियान‘ भन्ने मूल नाराको साथ एपिक नेपाल म्युजिक अवार्ड २०७५ को आयोजना गरिएको थियो । एपिक नेपाल म्युजिक प्रालिद्वारा आयोजित अवार्डमा राष्ट्रिय भाब, तामाङ सेलो, म्हेन्दोमाया, पप, लोकदोहोरि, पुर्बेली, काठे, दशैँगित, डेउडा तथा आधुनिक विधा गरि कुल ६५ वटा विधामा अवार्ड भएको थियो ।