अनुराग फिल्मबाट डेब्यु गरेकी नव नायिका एलिजा गौतमलाई पहिलो फिल्म फापेन । सानैबाट फिल्ममा अभिनय गर्ने रहर पालेकी एलिजाले करोड लगानीमा अनुराग फिल्म बनाउँदै नायिकाको रुपमा डेब्यु गरिन तर उनको फिल्मले पानी पनि भन्न पाएन । अर्काेतिर फिल्मले हल पनि भने जस्तो पाएन। सिनेमा क्षेत्रमा हुने राजनितीको कारण उनी आफै निरास बनेर सिनेक्षेत्रमा राम्रोसंग स्वागत गरेको भन्दै दुखेसो पनि पोखिन् । तर उनलाई अहिले भने उनलाई हतारमा फिल्ममा लागेको जस्तो लाग्छ ।

फिल्म रिलिजपछि धेरैले उनको काम गर्ने इच्क्षाशक्तिको प्रशंसा गरे साथमा उनलाई सुधारका लागि सल्लाह पनि दिए । सोही कुरालाई मनन गर्दे यतिबेला एलिजा दोस्रो फिल्मका लागि निकै मेहनत गरिरहेकीछिन् । डान्स र एक्टिङ क्लास लिईरहेकी एलिजा छिट्टै दोस्रो फिल्ममा काम गर्देछिन् । जसको तयारी उनले आफुमा भएको कमीकम्जोरीलाई सुधार गर्ने पक्षमा छिन् ।

२ सन्तानकी आमा समेत रहेकी एलिजालाई हतोत्साही बनाउँन बच्चाको आमा भन्दै हेरेकोमा भने उनलाई चित्त दुखाई छ । कलाकार मात्र कलाकार हुन्छ भन्ने सोच बनाउँनु पर्ने बताउँदै एलिजा भन्छन् “कलाकारहरुको काम हेनुपर्छ उ बिवाहित हो होईन , बच्चाको आमा यस्ता कुराहरुलाई मान्यता दिनु हुँदैन” । दोस्रो फिल्मको बारेमा अहिले नै खुलाउँन नचाहेकी एलिजाले दोस्रो फिल्ममा आफनो लागि दर्शकहरुबाट गुनासो काम आउँने उनको भनाई छ ।
