२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

भारतीले यस कारण बनाईन् नेपाली गीतमा टिकटक (भिडियो सहित)

4107 Shares
Spread the love

पछिल्लो समय म्युजिकल्ली एप टिकटकको कारण नेपाली गीतसंगितको चर्चा र लोकप्रियता बिदेशमा पनि भईरहेको छ । टिकटकको कारण नै नेपाली गीतसंगितलाई विश्वका नागरिकहरुले पनि चाखसंग हेरिरहेका छन् । पछिल्लो समय नेपाली गीतहरुमा बिदेशीहरुले पनि टिकटक बनाउँने क्रम बढ्दो छ । जसको कारण नेपाली गीतहरुले पनि राम्रै स्थान पाईरहेको छ । जसमा बिदेशी आम नागरिकसंगै बलिउडका तथा भोजपुरीका केही कलाकारहरुले पनि नेपाली गीत र संवादहरुमा टिकटक बनाईरहेका छन् ।

यसैबीच भारतकै चर्चित महिला कमेडियन भारती सिंहले पछिल्लो समय टिकटकमा बनाएको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । केही समय अगाडीमात्र रिलिज भएको आशिस सचिन र मेलिना राईको आवाजमा रहेको पिरिम नलाउँने गीतमा बनाएको टिकटक भिडियोलाई धेरै नेपालीहरुले सेयर गरेका छन् ।नेपालमा समेत कमेडीमा निकै रुचाएकी भारतीले नेपाली गीतमा टिकटक भिडियो बनाउँदा उनका नेपाली फ्यानहरु निकै खुसी छन् । तर उनले नेपाली गीतमा भिडियो बनाउँनुको अर्काे कारण भने उनको नेपालसंग पनि नजिकको साईनो रहेको छ ।

धेरैलाई थाहा नहुन सक्छ भारतीमा पनि नेपाली रगत रहेको छ ।उनको बुवा नेपाली हुन भने आमा पञ्जाबी । त्यसैले भारती नेपाली मजाले बुझिन् भने केही केही बोल्छिन् । तर बोल्नलाई उनलाई त्यती सहज भने हुँदैन । धेरै पटक कार्यक्रमका लागि नेपालको यात्रासमेत गरेकी भारती आफनो बुवा नेपाली थिए भन्नमा उनी हिच्किचाउँदिनन् ।बुवाले पञ्जाबी महिलासंग बिवाह गरेपछि उनको परिवार भारतमै बस्दै आएका छन् । विभिन्न रियालिटी शो , स्टेज शोहरुमा व्यस्त हुने भारतीको श्रीमान हर्ष लिम्बाचियाले पनि नेपाली गीत छपक्कै फुल फुल्यो बोटैमा बोलको गीत टिकटक बनाईसकेका छन् ।

https://www.youtube.com/watch?v=_mDQ5jr7Cew

प्रतिक्रिया