२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

संद्यीय समाजवादी फोरम नेपाल र माओवादी कम्युनिष्ट केन्द्रबीच एकीकरण

1241 Shares
Spread the love

काठमाडौं – सत्तारुढ संघीय समाजवादी फोरम नेपाल र माओवादी कम्युनिष्ट केन्द्रबीच सोमबार एकीकरण भएको छ। राजधानीको सोह्रखुट्टेस्थित नेपाः पार्टी प्यालेसमा आयोजित औपचारिक कार्यक्रममा दुई दल एकीकरण घोषणा गरिएको हो।

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । माओवादी कम्युनिष्ट केन्द्रका प्रमुख नेताकारुपमा केशव दाहाल रहेका छन् ।

दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यसअघि माओवादीको नीति सिद्धान्तमा असहमत हुँदै बाहिरिएको थियो। नेकपा कम्युनिष्ट केन्द्र तत्कालिन नेकपा माओवादीबाट २०६२ सालमा अलग्गिएर छुट्टै पार्टीका रुपमा सक्रिय हुँदै आएको छ ।

केही समय अघि हाम्रो कम्युनिष्ट पार्टी नेपाल पनि संघीय समाजवादी फोरम नेपालमा बिलय भएको थियो। सिद्धान्त-विचार मिल्ने दलसँग एकता गर्ने फोरमको नीति अनुसार अरु शक्तिसँग पनि छलफल भइरहेको एक नेताले बताए ।

प्रतिक्रिया