२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

प्रचण्ड परिवारमा भाइरल ज्वरोको प्रकोप , प्रचण्ड पनि बिरामी

5732 Shares
Spread the love

माघ ८- नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुरा परिवार भाइरल ज्वरोको प्रकोप देखिएको छ । प्रचण्ड स्वंयम पनि बिरामी भएका छन् । केही दिन यता प्रचण्ड पत्नी सीता दाहाल ज्वरो र अन्य समस्याहरुले गाँजेपछि अस्पताल भर्ना गरिएको थियो ।

भाइरलको प्रकोप बढेपछि प्रचण्डसंगै बुहारी एवं खानेपानी मन्त्री बिना मगर , नाती र नातिनीलाई पनि भाइरल देखेपछि अस्पताल भर्ना गरिएको छ भने नाती र नातिनी भने डिस्चार्ज भईसकेका छन् ।

प्रचण्डपत्नी सुमेरु अस्पतालको आइसीयू कक्षमा भर्ना भएकी छिन् भने बिना पनि सोही अस्पतालमा भर्ना भएकीछिन् । उता प्रचण्डको भने घरमा नै डाक्टरहरुले उपचार गरिरहेका छन् । प्रचण्ड र बिनाको अवस्था भने सामान्य नै रहेको बताईएको छ ।

प्रतिक्रिया