3327
Shares
काठमाडौं – खानेपानी मन्त्री बिना मगर बिरामी भएर अस्पताल भर्ना भएकी छन्। रूघाखोकी र भाइरलले च्यापेपछि मन्त्री मगर ललितपुरको धापाखेलस्थित सुमेरू अस्पतालमा भर्ना भएको उनको सचिवालयले जनाएको छ।
शुक्रबारदेखि नै मन्त्रालय जान नसकेकी मन्त्री मगर सोमबार साँझ अस्पताल भर्ना भएकी हुन्।
यसअघि मन्त्री मगरकी सासु सीता दाहाल पनि चिसो र रूघाखोकीले सताएपछि सोही अस्पतालमा भर्ना भएकी थिइन्।