२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

रवि लामिछानेले निकितासँग बिहे गरे, इशाले निकितालाई तिरस्कार नगर्नु भन्दै दिइन् शुभकामना

1895 Shares
Spread the love

काठमाडौँ । केही समयदेखि पूर्वपत्नी इशा लामिछानेसँगको डिभोर्सको विषयलाई लिएर सामाजिक सञ्जालमा हट टपिक बनेका संचारकर्मी रवि लामिछानेको बोरमा एउटा नयाँ खबर सार्वजनिक भएको छ ।

संचारकर्मी रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछानेले रवि लामिछाने चलचित्र विकाश बोर्डकी अध्यक्ष निकिता पौडेलको प्रेम सम्बन्धमा रहेको र त्यही प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि उनले आफूसँग डिर्भोस दिएको भनेर उनले बयान दिएकी थिइन् जुन बयानका बारेमा विभिन्न खालका टिकाटिप्पणी पनि भए ।

विशेषगरी रवि लामिछानेलाई लिएर र उनकी पूर्वपत्नी इशा लामिछानेलाई लिएर विभिन्न खालका तर्क विर्तकहरु भएका थिए । र, रविले निकिता र आफू राम्रो साथि मात्र भएको प्रतिक्रिया दिएका थिए ।

आफूहरू एउटै फ्ल्याटमा, एउटै अर्पाटमेन्टमा बस्ने भएका कारण पनि आफूहरू राम्रो साथ भएको र आफूहरू बिहेको बारेमा अहिले नै तयार नभएको बताएका थिए जस्तो प्रतिक्रियाहरू पनि उनीहरूले दिएका थिए । तर, सोमबार एकाएक रवि लामिछानेको एउटा स्टाटसले दर्शकहरूलाई पनि अचम्भित बनाएको छ ।

पूरा जानकारीको लागि हिट नेपालले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस् …

प्रतिक्रिया