टोकियो। जापानको युकिमा श्रीमानको साथमा बस्दै आएकी नुवाकोट बिदुरकी ३१ वर्षिय सावित्री नेपाल रिमालको मृत्यु भएको छ।
गत डिसेम्बर १० तारिखका दिन काम गर्ने ठाउँमा केमिकल सरसफाइका क्रममा कोठा तातो बनाउन जलाइदिएको हिटरबाट आगो सल्किदा उनी गम्भिर घाईते भएकी थिईन।
आगलागीबाट उनको शरिरको अधिकांश भाग जलेको थियो । उनको अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको थियो । तर जनवरी २१ तारिख सोमबार बेलुका करिब ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका हुन्।
आगोले अधिकांश भाग जलेर उनको किड्नी ,फोक्सो र कलेजोमा धेरै असर पुगेको थियो।
मृतक सावित्री पछिल्लोपटक नोभेम्बर १३ तारिखमा नेपाल गएर जापान फर्किकी थिइन्। उनका दुई सन्तान नेपालमै छन्।
मृतक सावित्रको दाह संस्कार जापानमै गरिने भएको छ । उहाँको दुई सन्तान नेपालमै रहेका छन् ।यसैबिच नुवाकोट समाज जापानले आफ्नो जिल्लावासी चेलीको दुखद निधन भएको घटनामा गहिरो दुख व्यक्त गरेको छ ।मृतकप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै समाजका अध्यक्ष हरि लामिछानेले शोक सन्तप्त परिवारजनमा समवेदन समेत व्यक्त गर्नुभएको छ ।निधन हुनुभएकी सावित्राको दाह संस्कार जापानमै गरिने भएकाले उहाँको दाहसंस्कारको लागि समाजले आवश्यक व्यवस्थापनको लागि समन्वय अघि बढाएको समेत अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।