पछिल्लो समय बैवाहिशक जीवनमा बाँधिएका जोडीहरुमाझ डिभोर्सको कारण बन्ने गरेको छ यौन असन्तुष्टी । मिश्र देशमा पछिल्लो समय डिभोर्सको मुद्धाहरु बढेपछि सरकारले यसप्रति चासो लिएको छ । बिषेशगरी यौन सम्बन्धमा सन्तुष्टी नमिलेको कारण डिभोर्सको संख्या बढेको बताईन्छ तर त्यहाँ यसलाई वास्तविक तथ्याङ भने मानिएको छैन तर डिभोर्सको मुद्धा बढ्नुको कारण यसलाई नै मानिएको छ । सोही कारण मिश्रमा महिलालाई पनि यौन क्षमता बढाउँने भियग्राको प्रयोग गर्न सरकारले अनुमती दिएको छ। मिश्र मुस्लिम देश हो जहाँ महिलाहरुलाई खुलेर यौनका बिषयमा कुराकानी गर्न बन्देज छ ।

जसको कारण महिलाहरुमा यौन उत्तेजना नहुँदा डिभोर्सको समस्या बढेपछि सरकारले महिलाहरुलाई फिमेल भियग्राको रुपमा चर्चित औषधी प्रयोग गर्न छुट दिएको हो । मिश्र रुढीबादी सोचले भएको देश हो जो पहिलो अरब देश बनेको छ जसले महिलालाई फिमेल भियग्रा प्रयोग गर्न अनुमती दिएको छ । यसको बारे बुझन बीबीसी संवाददाता सैली नाबिलले जानकारीहरु बटुल्ने कोसिस गरिन् । ‘यो औषधी खाएपछि मलाई थाकेको महसुस हुन थाल्योे, निन्द्रा लाग्न थाल्यो र मेरो मुटुको धड्कन निकै तीब्र भयो ।’
यो लैला (परिवर्तित नाम) को भनाई हो जसले कथित रुपमा ‘फिमेल भियग्रा’ भनिने औषधी पहिलो पटक सेवन गरिन् । यसलाई केमिकल भाषामा फ्लिबानसेरिन भनिन्छ । यो औषीलाई अमेरिकाले ३ बर्ष अगाडी नै प्रयोगका लागि अनुमती दिईसकेको छ भने मिश्रमा पनि यो औषधीको उत्पादन भईरहेको छ । लैला करिब ३० वर्षकी भइन् र उनी एक रुढिवादी परिवारकी बुहारी हुन् । उनी आफ्नो पहिचान बताउन चाहन्नन् किनभने इजिप्टका अन्य महिलाजस्तै उनी पनि मान्छिन् कि यौन समस्या र यौन आवश्यकतामाथि कुरा गर्न यहाँ प्रतिबन्ध छ ।
उनको विवाह भएको १० वर्ष भइसकेको छ । उनका अनुसार उनले जिज्ञासापूर्वक यो औषधी सेवन गर्ने निर्णय गरिन् । लैलालाई कुनै स्वास्थ्य समस्या छैन र उनले यो औषधीे डाक्टरको सल्लाह बिना नै खाएकी हुन् । इजिप्टमा बिना डाक्टरको सल्लाह औषधी सेवन गर्नु निकै सामान्य मानिन्छ । उनले भनिन् की जब फार्मेसिस्टले उनलाई भने की केही हप्तासम्म हरेक रात एउटा ट्याप्लेट खानु पर्छ । उसले भन्यो यसको कुनै पनि साईड इफेक्ट हुँदैन । उनले भनिन् म र मेरो श्रीमान यो हेर्न चाहान्थौ की यसको असर के हुन्छ ।

मैले एक पटक प्रयास गरे तर अब म त्यो औषधी फेरी कहिलै खान्न । मिश्रमा मात्र होईन विश्वका धेरै देशहरुमा महिलाहरुमा यौन उत्तेजना कम हुने समस्या देखिएको छ तर यसको सम्बिन्धत तथ्याङ भने रहेको छैन । कम्पनीका प्रतिनिधी अरशफ अल मरागी भन्छन्, ‘यो औषधीको यहाँ अत्यन्तै आवश्यकता छ ।’ अरशफ का अनसार यो औषधी निकै राम्रो र गुणकारी छ । यसको प्रयोगले निन्द«ा र थकान छ भने त्यो समस्या पनि हटाउँछ । तर एक फार्मासिस्टसंग जब मैले कुरा गरे ।
उनले यो औषधीको सेवन कारण कुनै व्यक्तिको रक्तचाप कम भएर ‘चिन्ताजनक स्तर’ मा पुग्न सक्छ, मुटु र फोक्सोको समस्या भएका मानिसहरुले यसको प्रयोग गर्नु हुँदैन । त्तरी काहिरामा फार्मेसी चलाउने मुराद सादिकका अनुसार उनी यसको साइड इफेक्टबारे आफ्ना ग्राहकलाई सधैं जानकारी दिन्छन् तर उनी ग्राहकलाई औषधी खरिद गर्नका लागि राजी गराउँछन् पनि ।
‘दैनिक करिब १० जना औषधी खरिद गर्न आउँछन् । यीमध्ये धेरैजसो पुरुष हुन्छन् । महिला लाजका कारण यो खरिद गर्न हिच्किचाउँछन् ।’ तर औषधी उत्पादकहरु भने यो औषधीलाई फिमेल भियग्रा भन्न रुचाउँदैनन् । यसले पुरुषमा भियग्राले यौनाङ्गमा रक्तप्रवाह बढाएर उत्तेजना निम्त्याउँछ । यस्तै फ्लिबानसेरिनले दिमागमा रसायनलाई सन्तुलन गरेर यौन इच्छा बढाउने काम गर्छ ।
सेक्स थेरापिस्ट हिबा कौतुबले आफ्नोमा आउने बिरामीलाई यो औषधी सुझाव दिा अस्विकार गरेकी छिन् । उनी भन्छिन्, ‘यसलाई फिमेल भियग्रा भनिनु गलत हो ।’उनी भन्छिन्, ‘शारिरिक र मानसिक समस्यासँग जुझ्ने महिलाका लागि यो औषधीले पनि काम गर्दैन ।’महिलाहरुलाई यौनका बारेमा खासै स्वतन्त्रता नभएको मिश्रमा आफनो यौन समस्या र सम्बन्धको बारेमा खुलेर बोल्न त्यहाँका महिलाहरुलाई अझै केही समय लाग्ने लाग्नेछ । बीबीसीको सहयोगमा