२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गोर्खा सैनिकको माग सम्बोधन गर्न ब्रिटिस सरकारसँग पहल गर्ने : सभामुख महरा

1486 Shares
Spread the love

काठमाडौँ, ८ माघ

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधन गर्न ब्रिटिस सरकारसँग पहल गरिदिन नेपाल सरकारलाई आग्रह गर्नु भएको छ । सभामुख महराले ब्रिटेनमा ठूलो त्याग र बलिदानीपूर्ण संघर्ष गरी रगत, पसिना बगाएका भूतपूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न ब्रिटिस सरकारले आनकानी गरिरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

मंगलबार भूतपूर्व ब्रिटिस गोर्खा सैनिक कल्याणकारी समिति, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले आर्जेको सम्पत्ति राष्ट्र निर्माणमा सदुपयोग गर्ने व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले आर्जेको सम्पत्ति पलायन हुन नदिन सरकार आफैले पहल गर्नुपर्ने सभामुख महराको भनाई छ ।

सभामुख महराले संविधान र कानुनको परिधि भित्र रहेर भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुलाई नागरिकको उचित व्यवस्था गर्न आफूले पहल गर्ने आश्वासन पनि दिनु भयो ।

प्रतिक्रिया