२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

चर्चित पत्रकार रवि लामिछानेको विवाहको सामाजिक संजालमा आलोचक र समर्थकको जुहारी

2762 Shares
Spread the love

काठमाडौं – सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।

रविले व्यक्तिगत जीवनले नयाँ मोड लिएको भन्दै एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको उल्लेख गरे। यति चाँडो विवाह गर्ने सोच नभए पनि आफूहरूबारे चलेका चर्चाले चाँडो भएको उनले फेसबुकमा लेखेका छन्। यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्‍योु उनले फेसबुकमा भनेका छन्।

उनले परम्परागत रुपमा आउँदो बैशाखमा विवाह गर्ने लेखेका छन्। यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुसी छौँ। र, हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ।

रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।

रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा हट टपि बनेका थिए।

पुश्न अहिले उनको विवाहलाई लिएर सामाजिक संजालहरुमा आलोचक र समर्थकहरुको चर्का-चर्की जुहारी नै चलेको देखिन्छ । केही आलोचकले रविको उद्ङ्गोपन भनेर आलोचना गरेका छन भने केहीले रविको कति वटा विवाह देख्न पाईने हो भन्दै आलोचना गरेका छन् ।

साथै कोहिले विवाह कै प्रश्न अरु कसैले यस्तै प्रश्न लिएर टेलिभिजनमा रविसँग पुगेका भए तपाईलाई ४ /४ वटा विवाह गर्न लाज लागेन भनेर सोध्थे होला उनलाई चाहि कसले सोध्ने भनेर आलोचना गरेको भेटिन्छन भने रविका समर्थकले रवि भगवान हो भगवानले गल्ती गर्दैन र गरेको छैन डिर्भोस पछि विवाह गर्नु कुनै अपराध होईन भनेका छन,केहीले आफ्नो ज्यान जोखिममा राखेर दुनियाँको सेबा गर्दै हिड्ने रविलाई एउटा सानो वैवाहिक सम्बन्धमा देखाईएको समस्याले कुनै फरक नपर्ने भन्दै उनका कामले नै पुण्य कमाईसकेका छन जसको कुनै कुरासँग तुलना गर्न मिल्दैन भनेका छन् ।

प्रतिक्रिया