नेपाली फिल्म ब्रेकअपको ट्रेलर रिलिज भएको छ । आशिरमान देसराज जोशी र डेब्यु नायिका शिल्पा मास्के स्टारर फिल्मको ट्रेलर बलिउड शैलीमा देखिएको छ । अस्ट्रेलियामा छायांकन भएको यस फिल्ममा नायक नायिकाले थुप्रै किसिङ सीनहरु दिएका छन् । फिल्ममा अन्जान युवायुवतीबीचको मित्रता , प्रेम र ब्रेकअपको कथालाई प्रस्तुत गरेको छ ।
आशिरमानले डेब्यु फिल्ममा पनि किसिङ सीन दिएका थिए भने दोस्रो फिल्म द ब्रेकअपमा भने झनै बोल्ड तरिकाले दिएका छन् । सोही कारण पनि उनलाई नेपाली इमरान हासमीको नाम दिईएको थियो । हेमराज बिसीले निर्देशन गरेको यस फिल्ममा इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लिड अभिनयमा छन् । फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् ।

यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । फिल्ममा कथा पनि निर्देशक बिसीको नै रहेको छ । फिल्म फागुन १७ मा रिलिज हुँदैछ । यसअघि निर्देशक हेमराजले अभिनेता आशिरमानलाई लिएर ग्याङ्गस्टर ब्लूज बनाएका थिए, जुन बक्सअफिसमा असफल भएको थियो ।