माघ ७ -चरित्र हत्या हुने गरी समाचार वा तस्बिर प्रकासन गर्नेप्रति सरकार आक्रमक बन्ने भएको छ । अब फेसबुक तथा ट्वीटरमा फेक एकाउण्ट चलाउँनेहरु होसियार हुनुपर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले फेक खाता सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेपछि प्रहरीले अहिले प्यारोडी एकाउन्टको अनुसन्धान गरिरहेको छ।

पुस १७ गते सचिवस्तरीय निर्णय गरेर मन्त्रालयले प्यारोडी एकाउन्ट चलाउने कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको थियो। ट्वीटर, फेसबुक लगायत सामाजिक सञ्जालमा प्यारोडी एकाउन्ट खोलेर अशोभनिय पोस्टहरु भईरहेको भन्दै तीनको पहिचान गरी कारवाही गर्न हेलो सरकारमा माग गरिएको थियो । यस्ता प्यारोडी एकाउन्टकै कारण देशको स्थिति नै भयावह हुन सक्ने भन्दै बेलैमा ध्यान दिन गुनासो गरिएको थियो ।
सञ्चार मन्त्रालयका उपसचिव राजन पौडेलका अनुसार देशका सेलिब्रेटीदेखि उच्च तहका नेताका समेत प्यारोडी एकाउन्ट रहेको र त्यसमा १ २ जनालाई मात्र कारवाही गर्न सकेपनि सबैमा त्यसको सन्देश जान्छ । यतिबेला सामाजिकस सञ्जलामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई लगायतका नेताहरुको प्यारोडी एकाउन्ट रहेका छन् । जुन एकाउण्टहरु निकै चर्चित छन् ।