2327
Shares
माघ ७ – बलात्कारको आरोप लागेपछि फरार रहेका शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले आत्मसमर्पण गरेका छन् । सोही वडाकी एक महिलाले उनीबिरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिईन् । आरोपपछि फरार रहेका रेग्मीले अदालतमा आत्मसमर्पण गरेका हुन् । रेग्मी मंसिरबाट फरार थिए ।

ती महिलाले सोमबार शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिमा पनि रेग्मीविरुद्ध निवेदन दर्ता गराएकी थिइन् । न्यायिक समितिले बलात्कारको मुद्दा आफूले नहेर्ने भन्दै प्रहरीमा पठाएको थियो । रेग्मीले भने यसअघि नै बलात्कारको आरोप अस्वीकार गर्दे आफूलाई फसाउँन खोजेको दाबी गरेका थिए । आत्मसमर्पण गरेपछि उनीविरुद्ध महिलाको जाहेरीका आधारमा अदालतमा म्याद थप गरेर मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।