२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

५ औं एक्सपर्ट एजुकेसन कपको उपाधि सगरमाथा फुटबल क्लबलाई

1549 Shares
Spread the love

आशिस तामाङ,

अष्ट्रेलिया – सिड्नीमा भएको ५ औं एक्सपर्ट एजुकेसन फुटबल कप २०१पाधि सगरमाथा फुटबल क्लबले हात पारेको छ ।

तामाङ रिक्रेसन क्लब अष्ट्रेलियाको आयोजनामा भएको ५ औं एक्सपर्ट एजुकेसन कप २०१९ को लागी जनवरी २० मा वेब्स् अभेनु प्लेयिंग फिल्ड , अवर्न , एन एस डब्लुमा भएको खेलमा ग्रायन भिल राईनोलाई २-१ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो ।

एक दिवसीय फुटबल प्रतियोगीता अन्तर्गत भएको प्रतियोगितामा विजेता टिम सगरमाथा फुटबल क्लबले ४ हजार अष्ट्रेलियन डलर सहित ,सिल्ड ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसका प्रमुख कार्यकारी अधिकृत संजिब शर्मा ले विजेता टिमलाई पुरस्कार प्रदान गरेका थए भने क्लबका अध्यक्ष ललित तामाङले रनिङ शिल्ड प्रदान गरे ।

उपविजेता ग्रायन भिले राईनोले १ हजार अष्ट्रेलियन डलर सहित ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । सो टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी एव्म एक्सपर्ट धनगढी ब्लुजका निर्देशक सुवास प्रधानको हातबाट पुस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडीमा सगरमाथा फुटबल क्लबका खेलाडी विमल बस्नेत भए,उनले ३ सय अष्ट्रेलियन डलर र ट्रफी पाए,उनलाई नेपाली फुटबल संघ अष्ट्रेलियाका अध्यक्ष विजेन बज्जुले पुरस्कार हस्तान्तरण गरे । त्यस्तै उत्कृष्ठ गोलकिप्परका रुपमा जितेन श्रेष्ठ भए उनले १ सय अष्ट्रेलियन डलर र ट्रफी पाए ,उनलाई गुठी अष्ट्रेलियाका प्रमुख सल्लाहकार पदम शाक्यको हातबाट पुरस्कार प्रदान गरियो भने उत्कृष्ठ गोलकर्ताका रुपमा सन्जीव कार्की भए उनले १ सय अष्ट्रेलियन डलर र ट्रफी पाए । उनलाई नेपाल आदिबासी जनजाती महासंघ अष्ट्रेलियाका अन्तर प्रदेश संयोजक चित्र तुम्हाम्फेले पुरस्कार हस्तान्तरण गरेका थिए ।

सविना लामाको संचालन तथा क्लबका अध्यक्ष ललित तामाङको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी एव्म एक्सपर्ट धनगढी ब्लुजका निर्देशक सुवास प्रधान रहेका थिए । त्यस्तै अतिथिमा प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसका प्रमुख कार्यकारी अधिकृत संजिब शर्मा ,तामाङ रिक्रेसन क्लबका संस्थापक अध्यक्ष एव्म नेपाल आदिबासी जनजाती महासंघ अष्ट्रेलियाका अध्यक्ष अरुण कुमार तामाङ,नेपाल आदिबासी जनजाती महासंघ अष्ट्रेलिया अन्तर प्रदेश संयोजक अध्यक्ष चित्र तुम्हावाफे,नेपाली फुटबल संघ अष्ट्रेलियाका अध्यक्ष विजेन बज्जु,द राईजिङ गोर्खाका अध्यक्ष ज्ञान सिटौला,एनआरएनएका उपाध्यक्ष नन्दु गुरुङ,केकेआरएसका अध्यक्ष सन्तोष राई ,थकाली सेवा समाजका अध्यक्ष इन्द्र तुल्चन,मगर समाज महासचिव सुदर्शन थापा, कार्यक्रम सहयोगी एभरेष्ट भ्युँ एण्ड ट्राभलका संचालक योगेश श्रेष्ठ, खेल आयुक्त राजुमानन्धर,सन्तोष गुरुङ्ग ,लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रतियोगिता मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसका प्रमुख कार्यकारी अधिकृत संजिब शर्माले विजेता र उपविजेता टिमलाई बधाई ज्ञापन गरे ।उनले आफ्ना विगतका दिन सम्झदै आफु पनि यूवा हुदा खेलाडी भएको भन्दै आफुपनि खेल प्रेमी भएकाले यस्ता प्रतियोगिता र खेलाडीको सम्मान गर्नेे बताए । शर्माले भने ”खेलको राजा फुटबल आफैमा लोकप्रिय” भएको बताउदै नेपालीहरु पनि अष्ट्रेलियाको राष्ट्रिय टिममा खेलाडी भएको हेर्ने चाहना आफ्नो भएको बताए । उनले तामाङ रिक्रेसन क्लब अष्ट्रेलियाले यस्ता प्रतियोगिता राख्दै गएको र आगामी दिनमा समेत आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

सोहि कार्यक्रममा तामाङ रिक्रेसन क्लबका संस्थापक अध्यक्ष एव्म नेपाल आदिबासी जनजाती महासंघ अष्ट्रेलियाका अध्यक्ष अरुण कुमार तामाङले विजेता एंवम उपविजेता टिमलाई बधाई दिनुका साथै कार्यक्रम आयोजना गर्ने र कार्यक्रमलाई सहयोग पु¥याउने सबैलाई धन्यावाद प्रकट गरे ।

क्लबका अध्यक्ष ललित तामाङले सहभागी खेलाडी एंव्म क्लबका सम्पूर्ण टिमलाई धन्यावाद दिनुका साथै कार्यक्रमलाई आर्थिक भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण प्रति आभार प्रकट गरे । अध्यक्ष लामाले आगामी दिनमा समेत यि र यस्ता प्रतियोगितालाई निरन्तरता दिदै जाने जानकारी दिए ।

क्लबका सचिब बैकुण्ठ डंगोलले क्लब १० औ बर्षगाठमा समेत प्रवेश गरेको अवसर पारी यस बर्षको पुरस्कार राशी दोब्बर बनाईएको जानकारी दिए.

९ ए साईड मार्फत भएको खेल प्रतियोगिताको संयोजक ज्ञानक वाईबा रहेका थिए ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस रहेको थियो भने भने सहयोगीमा एभरेष्ट भ्युँ एण्ड ट्राभल रहेको थियो ।

खेल वेब्स् अभेनु प्लेयिंग फिल्ड , अवर्न , एन एस डब्लु मा २० जनवरी आईतबार बिहान ८ बजेबाट संचालन भएको थियो । खेल प्रतियोगिताको गोलनेपाल डटकमले लाईभ प्रसारण गरेको थियो ।

प्रतिक्रिया