२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मेलम्चीको ठेक्का रद्द गर्ने निर्णयमा पुग्यो सरकार

1281 Shares
Spread the love

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाका अनुसार सीएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्दै ठेक्का रद्द गर्ने आशयको जानकारी पठाइएको छ । यदि दुई हप्तासम्म पनि उसले सरकारलाई चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराउने आयोजनाका उपप्रमुख रामप्रसाद कँडेलले जानकारी दिए ।

सरकारले अन्तिम समयसम्म पहल गर्दा पनि सीएमसी वार्तामा नै नफर्किएपछि सम्झौता रद्द गर्न प्रक्रिया अघि बढेको हो । अब सीएमसी काममा नफर्किए सीएमसीको अढाई अर्ब धरौटी पनि जफत हुनेछ ।

सरकारले ठेक्का रद्द भएपछि फेरि नयाँ प्रक्रियाकार्फत ठेक्का गरेर बाँकी काम सम्पन्न गर्नुपर्नेछ । अब त्यसका लागि मात्रै करिब ६ महिना समय लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

सरकारले नयाँ वर्षमा काठमाडौंमा पानी ल्याइपुर्‍याउने उद्देश्यसहित काम भइरहेको बताइरहँदा वित्तीय संकटमा फसेपछि सीएमसीले मेलम्चीको साइट छाडेको थियो । उसले सरकारलाई ठेक्का तोड्ने आशयसहितको पत्र दिएपनि सरकारले बुझेको थिएन ।

यस्तो अवस्थामा अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने गरी सीएमसीका अधिकारीहरु विदेश उडेका थिए । इटालियन दूतावासले उनीहरुलाई फिर्ता ल्याउने प्रतिवद्धता जनाए पनि उनीहरु फर्किएनन् ।

प्रतिक्रिया