२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली ग्लोबल संस्थाको नेपाल शाखा बैठक सम्पन्न

4011 Shares
Spread the love

आशिस तामाङ

काठमाडौं– हामी नेपाली ग्लोबल संस्थाले नेपालमा पनि शाखा विस्तारको कार्यक्रम यही आउदों माघ १२ गते काठमाडौंको धुम्बाराहीको स्मार्ट क्याफेमा औपचारिक उद्घाटन गर्ने भएको छ । आज धुम्बाराहीस्थीत स्मार्ट क्याफेमा बठैक बस्दै यही आँउदो १२ गते औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो । संस्थाको नेपाल शाखा गठन गर्न महासचिव मंगलदास श्रेष्ठ अमेरिकावाट नेपाल आएका हुन् र उनकै प्रमुख अथित्यतामा आजको कार्यक्रम सम्पन्न भएको हो । धर्म, जातीयता र राजनितीबाट मुक्त अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने कार्यलाई तिब्रता दिदै शाखा कार्यलय खोल्न लागेको हो ।

महासचिब श्रेष्ठका अनुसार नेपालमा उत्पादन भएका बस्तुहरुलाई अन्तरराष्ट्रिय बजारमा पुर्याई बिश्वब्यापिकरण गर्नु यस संस्थाको उद्देश्य भएको बताए । कार्यक्रममा राजनिति गर्नेको मुख ताक्नुभन्दा पनि आफैले केही गरेर देखाउनुपर्ने बताए । आफैले केही गरेपछि मात्र राजनितीज्ञहरुले बाटो देख्ने बताए । उनले आफ्नो देशमा भएका उत्पादनहरुलाई अन्तरराष्ट्रिय बजारमा पठाएमा त्यसको उपभोग आफै गर्न सकिने र फाईदा हुदाँपनि आफ्नै संस्थालाईै हुने बताए । उनले थप्दै हामी नेपाली संस्थाको उद्देश्य बैदेशिक रोजगारमा गईरहेका युवाहरुलाई स्वदेशमै स्वरोजगारको बाटो देखाउने भएको बताए ।

हामी नेपाली ग्लोबल संस्थाको यस बैठकमा बिभिन्न पेशागत ब्यक्तित्वहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा हामी नेपाली ग्लोबल संस्थाको समिति यसप्रकार गठन भएको छ ।

अध्यक्षः बिमल कुमार खड्का

उपाध्यक्षः बलराम पाण्डे

उपाध्यक्षःगंगा राज शर्मा पौडेल

उपाध्यक्षःउमा केसी तामाङ्ग

महासचिबः मनजोज कुमार आचार्य

सचिबः मनिष चौधरी

कोषध्यक्षः गोबिन्द राई

सह–कोषध्यक्षः जुना पुछाई

समितीका सदस्यहरु

सञ्जिब शाह

डा. बिजु श्रेष्ठ

कमल कपाली

धर्म मानन्धर

मन्दिर प्रसाद तिमिल्सीना

खेलकुद बिभागः केदार सिहं

महिला बिभाग संयोजकः अञ्जली थापा खड्का

युवा संयोजन बिभागः सोनिया रानाभाट

पिआरओः शारदा श्रेष्ठ

सञ्चार बिभाग प्रमुखः

आषिश तामाङ्ग

हिरा लामा

विश्वभर छरिएर रहेका नेपालीहरुका समस्यामा सहयोग पु¥याउने उदेश्य सहित स्थापना भएको यो संस्थाले मातृभूमि नेपालको लागि पनि उदेश्यमूलक कार्य गर्ने योजना राखेको संस्थाले जानकारी दिएको छ । उक्त कार्यक्रम १२ गते हुने अध्यक्ष बिमल कुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया