२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आमाको अन्तेष्टीमा सहयोग गर्न कोही नआएपछि १७ वर्षीय छोराको यो अवस्था

1424 Shares
Spread the love

‘तल्लो जात’ भन्दै सहयोग गर्न कोही नआएपछि १७ वर्षीय छोराले साइकलमा राखेर आमाको लास अन्तेष्टीका लागि लैजानु परेको एउटा दर्दनाक घटना सार्वजनिक भएको छ।

भारतको उडिसा राज्यको यो घटना शुरुमा सुन्दा सायदै कसैले पत्याउला। तर घटना सत्य हो।

भारतको हिन्दीएटिनन्यूज डटकमले बिहिबार दिएको खबर अनुसार उडिसा राज्यको करपाबहल गाउँका एक १७ वर्षीय युवाले भोगेको घटना हो यो। बाबुको पहिले नै मृत्यु भैसकेको अवस्थामा ४५ वर्षीय आमाको मृत्यु भएपछि अन्तिम संस्कार गर्न १७ वर्षीय सरोज सिंहानियालाई सहयोग गर्ने कोही भएनन्।

कथित तल्लो जात भएको आरोपमा सरोजकी आमाको अन्तेष्टीमा गाउँले सहभागी नभएको खबरमा जनाइएको छ। पानी लिन गएको बेला लडेर सरोजकी आमा ४५ वर्षीय जानकी सिंहानियाको मृत्यु भएको थियो।

आमाको अन्तेष्टीमा गाउँका कसैले साथ नदिएपनि सरोजले हार मानेनन्। उनले सेतो कपडाले बेरिएको आमाको शव साइकल पछाडि राखे र ४–५ किलोमिटर पैदल हिंडेर नजिकैको जंगलमा पुर्याएर अन्तिम संंस्कार गरे।

उडिसाको यो दर्दनाक घटनाले भारतका गाउँहरूमा अहिले पनि जातीय उत्पीडनको अवस्था कति दर्दनाक छ भन्ने फेरि एक पटक देखाएको छ।

प्रतिक्रिया