२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

टिचिङमा आईसीयू नपाएपछि थापा माइतीघरमा

1133 Shares
Spread the love

काठमाडौं– डा.गोविन्द केसीको विपक्षमा अनशन बसेका विजय थापा त्रिवि शिक्षण अस्पतालबाट निस्केका छन् । आज बिहान ११ बजे उपचारको लागि ल्याइएका अनशनरत  थापा अस्पतालबाट निस्केका हुन् । ‘स्वास्थ्य अवस्था झनै विग्रर्दै गए पनि त्रिवि शिक्षण अस्पतालले आइएसियू नभएको जानकारी गराएपछि थापा अस्पतालबाट निस्किएका छन्’ थापाको पारिवारिक श्रोतले बताएको छ ।

११ बजे देखि आकस्मिक कक्षमा बस्दा सामान्य उपचार समेत नपाएको भन्दै थापा पक्षले अब माईतीघरमा गएर अनशनलाई निरन्तरता दिने बताएको छ ।   थापा विगत ८ दिन देखि डाक्टर केसीको विपक्षमा इलाममा अनशन बस्दै आइरहेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि आजै उनलाई उपचारको लागि इलामबाट टिचिङमा ल्याइएको थियो ।

प्रतिक्रिया