साउथका चर्चित नायकमध्य पर्छन् प्रभाष । बाहुबली भन्दा अघि पनि उनी स्टार नै थिए तर यस फिल्मपछि उनको स्टारडम र क्रेज दुबै बलिउडका खान नायकहरुको भन्दा कम भएन । साउथका कलाकारहरुले बलिउडमा कमै मात्र चान्स पाउँछन् तर अहिले प्रभाषलाई लिएर फिल्म बनाउँ चाहाने बलिउड निर्माताहरु कम छैनन् । तर उनलाई मनाउँन र टाईम पाउँन पनि निकै गाह्रो छ । बलिउडमा समेत निकै डिमाण्डमा रहेका प्रभाष साहो फिल्मबाट बलिउडमा डेब्यु गर्देछन् ।
अन्य भाषामा पनि डब हुने यो फिल्म पछिल्लो समय सर्वाधिक चर्चा र प्रतिक्षामा रहेको फिल्म हो । एक्सन विधामा बनेको यस फिल्ममा प्रभाषको एक्सनका लागि मात्रै ९० करोड खर्च गरिएको छ । ३ सय करोड भन्दा बढि बजेटमा निर्माण हुन भईरहेको यस फिल्ममा हलिउड गायिका बियोन्स पनि जोडिने भएकीछिन् । फिल्ममा प्रभाषले उनको गीतमा एक भव्य सेटमा नाच्ने भएका छन् ।

उक्त गीतमा बियोन्सको ब्लो र ज्यालेस ट्रयाक पनि यसको हिस्सा हुने भएको छ । गीतमा नाच्नका लागि ब्राजिलबाट डान्र्सस झिकाईदैछ जसलाई चर्चित कोरियोग्राफर वैभवी मर्चेन्टले कोरियोग्राफी गर्नेछिन् । यस खबरले दर्शकमाझ साहोलाई लिएर झनै उत्सुकता बढेको छ ।
जितले निर्देशन गरेको यस फिल्ममा श्रद्धा कपुर उनको नायिका छिन् ।
