माघ ४ -राजनितिक जीवनमा लागेका यस्ता कमै व्यक्तिहरु छन् जसको जीवनशैली र कामहरुले जनतालाई समेत अभिप्रेरित गर्ने गरेको छ । यतिबेला जनप्रतिनिधीहरु बिलासी बन्दै देशकै ढुकुटी सकिरहेको बेला यस्तै अभिप्रेरित गर्ने काम गरेकीछिन् पूर्वसासंद दिलशोभा पुन ले । गुल्मीको धुर्कोट गाउँपालिका १ नयाँगाउँ निवासी पुन २०७० सालको निर्वाचनमा तत्कालिन एमालेबाट सांसदमा निर्वाचित भएकी पुन यतिबेला पशुपालन व्यवसायमा व्यस्त छिन् ।

पार्टीको सिद्धान्त पनि “श्रम गर्ने र स्वरोजगा”र बन्ने सिद्धान्तबाट प्रेरित भएर पुनले टर्की, लोकल कुखुरा, गाई र बाख्रा व्यावसायिक रूपमै पालेकीछिन् । गत बर्षको गुल्मी महोत्सवमा टर्की देखेकी उनले अहिलेबाट टर्कीको व्यावसाय शुरु गरेकी हुन् । अहिले १० टर्की छन् । जसमध्ये दुर्ई पोथी र आठ भाले छन् । छिटो उत्पादन र बढी मूल्य पर्ने भएकाले व्यावसायिक टर्की पालन सुरु गरेको उनले बताइन् ।
हिले भैरहवामा टर्कीको मासु प्रति केजि १२ सय, चितवनमा १८ सय र बुटबलमा १२ सय पर्छ । तर उनले टर्कीको मासु प्रति केजि एक हजारमा विक्रि गरेकी छन् । ‘गाउँमै टर्की पालनको सम्भाब्यता अनुमान गरे, स्वास्थ्यबर्दक पनि रहेछ,’ पूर्वसासंद पुनले भनिन्, ‘अझै व्यबस्थित गरेर काम गर्ने हो ।’ उनले टर्कीसंगै स्थानिय लोकल कुखुरा पनि पाल्दै आएकीछिन् भने १८ बाख्रा पनि पालेकी छन् ।
गाउँमै विक्रि हुने र बजारको समस्या नहुने लोकल कुखुराको मूल्य प्रतिकेजि अहिले आठ सय ५० पर्छ । कुखुरा किन्न तम्घासबाट समेत ब्यपारीहरु आउने गरेको उनले बताइन् । ‘पहिले गाउँमा कसैले पनि कुखुरा पाल्ने थिएनन्’ मैले शुरु गरे अहिले धेरैकोमा छन्, ‘मैले त सिकाउनकै लागि पनि व्यावसाय गर्नु पर्नेछ ।’ उनकोमा अहिले १८ बाख्रा छन् । जसमध्ये तीनवटा बोका छन् ।
माउ १० ओटा छन् भने अन्य साना पाठापाठी छन् । त्यस्तै गाईपालनबाट दैनिक १० माना दुध उत्पादन हुन्छ । तर बजारको समस्या छ । पहिले तम्घास पठाउने भएपनि अहिले त्यो छैन । भने विद्यालयमा निशुल्क खाजाको व्यवस्था भएपछि गाउँकै एक विद्यालयले केहि दुध लैजाने उनले बताइन् । अहिले सवै व्यवसायमा लगानी मात्रै गरेर मासिक एक डेढ लाख भन्दा बढि कमाई गर्छिन् । अहिले नेकपामा कुनै पनि जिम्मेवारी नपाएकी पुन उनको सोच यसलाई अझै व्यवस्थित गरेर लैजाने छ ।