२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

भारतीय च्यानलमा सुजनले चम्काए नेपालको नाम ,यसरी पाउँदैछन् सफलता (भिडियो सहित)

1669 Shares
Spread the love

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको वर्चश्व निकै बढिरहेको छ । बिषेश गरेर भारतीय च्यानलहरुमा प्रसारण हुने रियालिटी शोहरुमा डान्सिङ शोहरुमा नेपालीहरुको राम्रो सहभागीत , चर्चा र पहुँच पुगिरहेको छ । केही समययता डान्समा नै नेपालीहरुले उल्लेखनिय प्रगति गरिरहेको सन्दर्भमा अन्तराष्ट्रिय मञ्च पाउँन नेपाली युवायुवतीहरुको रोजाई बन्दै आईरहेको छ भारतीय रियालिटी शो । जहाँ कयौ नेपालीहरुले आफनो र संगै देशकै नाम चम्काईरहेका छन् । हाल यस्तै डान्सिङ शोमा नेपालका सुजन मार्फा तामाङले धमाका मच्चाईरहेका छन् ।

नेपालमा भएको अडिसनबाट सेलेक्ट भएर पुगेका सुजनले चर्चित भारतीय रियालिटी शो डान्स प्लस ४ मा उत्कृष्ट प्रर्दशन गरिरहेका हुन् । उनले एक पछि अर्काे चरण पार गर्दे भारतीय टेलिभिजनमा नेपालको नाम चम्काईरहेका छन् । यसअघि डान्स इण्डिया डान्स डान्स ६ मा सेमिफाईनल सम्म पुगेका थिए । त्यसपछि नेपाल फर्किएर पनि उनले केही म्युजिक भिडियोमा समेत काम गरे । एक बर्षपछि उनी डान्स प्लसमा गएका हुन् । पुनितको टिममा परेका सुजनले हरेक एपिसोडमा उत्कृष्ट प्रर्दशन गर्दे आईरहेका छन् ।

उनी टपमा परे पनि शोमा त्यसपछि उनले सोलो डान्स गर्न पाएनन् । शो एकदमै टफ बनेपछि रेमो डिसुजाले उनलाई गुमाउँन चाहेनन् र उनको जोडी भारतकै आँचलसंग बाँधियो । सुरुमा उनलाई अप्ठ्यारो लागेपनि पछि उनीहरुको कमेष्ट्री र मेहनत यसरी देखियो की यो जोडी यतिबेला डान्स प्लसमा सबैभन्दा लोकप्रिय बनेको छ । पहिले दुखी सुजन यतिबेला भने आफनो पार्टनरसंग काम गर्दा खुसी छन् । यतिबेला सुजन र आँचल दुबै जना जोडीको लागि भोटिङ पनि सुरु भईसकेको छ ।

शोमा पुगेपछि सुजनले सबैभन्दा ठुलो खुसी यो पनि पाए की उनले नेपालमा डान्स इन्टिच्युटका खोल्दा लागेको ऋण समेत रेमोले तिरिदिएका छन् ।यसअघि भारतीय रियालिटी शोमा साजन राई , तेरिया फौजा मगर ,‘द वाइल्ड रिपर्ज क्रु , सुशान्त खत्री ले डान्समा नै चर्चा कमाईसकेका छन् भने केही समय अगाडी मात्र सारेगमपमा मेनुका पौडेलले पनि टप ११ सम्म पुगेर नेपालको नाम चम्काईसकेकीछिन् भने यतिबेला सारेगमपा जुनियरमा नेपालबाट प्रितम आचार्य र आयुष केसी छनौट भईसकेका छन् ।

प्रतिक्रिया