बलिउडमा यतिबेला सबैभन्दा चर्चामा रहेको प्रेम सम्बन्ध हो अर्जुन कपुर र मलाइका अरोरा । उमेर अन्तरको कारण नै अर्जुन र मलाइकाको प्रेम सम्बन्ध यतिबेला चर्चाको बिषय बनेको छ । अरबाज खानसंग डिभोर्स भएलगत्तै यी दुईको प्रेम खुलेआम देखिएको हो । तर यी दुबै जनाले अहिलेसम्म आफनो प्रेम भने स्वीकार गरिसकेको अवस्था छैन । यता अर्जुनको परिवार भने उनीहरुको सम्बन्धलाई लिएर २ खेमामा बाढिएको छ ।

अनिल कपुर , सञ्जय कपुर , श्रीदेवीका छोरीहरु र बुवा बोनी कपुर पनि यतिबेला उनीहरुको सम्बन्धका लागि राजी बनिसकेका छन् तर अर्जुनको आफनै बहिनी र सोनम कपुर भने उनीहरुको सम्बन्धबाट खुसी छैनन् । सोनम अर्जुन र मलाइकाको सम्बन्ध बिवाहमा परिणत नहोस भन्ने चाहान्छिन् । किनकी सोनम र मलाइकाबीचको सम्बन्ध पहिलेबाट नै सकरात्मक छैन । एक पार्टीमा रक्सीको नशामा टिल्ल परेकी मलाइका लड्न खोज्दा सोनमले सम्हालेकी थिईन तर आक्रोसित मलाइकाले सोनमलाई तथानाम गाली गरेपछि उनीहरुको सम्बन्ध अहिले पनि राम्रो छैन ।

त्यसैले सोनमले अर्जुनलाई मलाइकासंग बिवाह नगर्न समेत सल्लाह दिईसकेको भारतीय मिडियाको दाबी छ । अब मलाइकाको प्रेममा मस्त अर्जुन यतिबेला कसैको कुरा सुन्ने पक्षमा छैनन् । उनले त सलमान खानको त मतलब गरेका छैनन् । उनीहरु छिट्टै बिवाह बन्धनमा बाँधिने लागेको पनि यतिबेला चर्चा चलिरहेको छ ।
