आशिस तामाङ.
अष्ट्रेलिया – तामाङ रिक्रेसन क्लब अष्ट्रेलियाको आयोजनामा हुन लागेको ५ औं एक्सपर्ट एजुकेसन कप २०१९ को तयारी पुरा भएको छ ।
तामाङ रिक्रेसन क्लबले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी अन्तीम चरणमा आएको जानकारी दिएको हो ।
२० जनवरी(आईतबार) मा हुनलागेको एक दिवसीय फुटबल प्रतियोगीताको आवश्यक सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष ललित तामाङले जानकारी दिएका छन् । क्लबले विगतका बर्षहरुका जस्तै यस बर्ष पनि खेलाडी र खेलप्रेमी दर्शकहरुको सम्मान गर्दै कार्यक्रमलाई निरन्तरता दिएको अध्यक्ष तामाङको भनाई थियो । उनले क्लबले यति ठुलो प्रतियोगिता राख्न एक्लैले नसक्ने भन्दै यसमा साथ दिने विभिन्न संघ संस्था,व्याक्तीहरुको आर्थिक, भौतीक र नैतिक सर्मथनबाट खेललाई निरन्त्रता दिन सकिएको जानकारी दिए ।

अध्यक्ष तामाङले यस प्रतियोगितालाई ५ औ संस्करण सम्म ल्याई पु¥याउन मुख्य प्रायोजकको भुमिकाबाट सहयोग गर्ने एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसका प्रमुख कार्यकारी अधिकृत संजिब शर्मा,आदिवासी जनजाती महासंघ अष्ट्रेलियाका अध्यक्ष एवंम रिक्रेसन क्लबका प्रमुख सल्लाहकार अरुण कुमार तामाङ,एभरेष्ट भ्युँ एण्ड ट्राभलका संचालक योगेश श्रेष्ठ, लगाएत विभिन्न संघ सथाको सहयोगबाट क्लब आज क्लब १० औ बर्षगाठमा प्रवेश गरेको भन्दै सहयोगी सम्पूर्णहरुलाई धन्यावाद प्रकट गरे ।
कार्यक्रम संचालक तथा क्लबका सचिब बैकुण्ठ डंगोलले विगतका बर्षहरुमा जस्तै यस बर्षपनि सिड्नीबासी नेपालीलाई लक्षित गरी नेपाली बासीहरुको एकता एंवम खेल प्रेमी खेलाडीहरुको सम्मानलाई मध्यनजर गर्दै प्रतियोगिता संचालन गर्न लागेको बताए । उनले अन्य बर्षहरुमा भन्दा यस बर्ष क्लबले १० औ बर्ष प्रवेश गरेकोले पनि प्रतियोगिताको पुरस्कारलाई दोब्बर बनाएर प्रतियोगिता संचालन गर्न लागिएको जानकारी दिए ।
सचिव डंगोलले भने ‘प्रतियोगितामा बिजेता टिमले ४ हजार अष्ट्रेलियन डलर सहित ,सिल्ड ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ । त्यसैगरी द्धितियले १ हजार अष्ट्रेलियन डलर सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन भने प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई ३ सय अष्ट्रेलियन डलर र ट्रफी,उत्कृष्ठ गोलकिप्परलाई १ सय अष्ट्रेलियन डलर र ट्रफी र उत्कृष्ठ गोलकर्तालाई १ सय अष्ट्रेलियन डलर र ट्रफी पाउने छन ‘।
प्रतियोगिता खेल तालिकाका बारे जानकारी दिदैं प्रतियोगिता संयोजक ज्ञानक वाईबाले एकदिवसिय खेलमा आयोजक २ टिम सहित २४ टिम सहभागी रहने बताए ।उनले ९ ए साईड मार्फत खेल संचालन गर्न लागिएको जानकारी दिए । उनले खेललाई स्वच्छ प्रतिस्पर्धाका आधारमा विवाद रहित ढङ्गबाट संचालन गर्न आफु तयार रहेको बताए । संयोजक वाईबाले सम्पूर्ण सहभागी टिम मर्यादित अनुसाशित ढङ्गबाट प्रस्तुत हुन समेत आग्रह गरेका छन् ।

सो प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस छ भने सहयोगीमा एभरेष्ट भ्युँ एण्ड ट्राभल रहेको छ,।
खेल प्रतियोगिता वेब्स् अभेनु प्लेयिंग फिल्ड , अवर्न , एन एस डब्लु मा २० जनवरी आईतबार बिहान ८ बजेबाट संचालन हुनेछ ।
सम्पूर्ण खेल प्रेमी दर्शकहरुलाई उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ।
