माघ ४ -आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको प्रश्नको जवाफ दिईरहेका छन् । प्रधानमन्त्रीले अनसन बसिरहेका डा गोविन्द केसीकोबारेमा प्रश्नको सामना गर्नु परेको छ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले डा केसीको बारेमा प्रश्न गरे । थापाले केसीसंग भएको सम्झौता र सरकारले गतिविधीको बारेमा प्रश्न गरे । उनले प्रधानमन्त्रीसमक्ष प्रश्न राखे “सरकार र डा.केसीबीच भएको सहमति तोडमोड गरेर समितिले प्रतिवेदन दियो”।

“संसदीय प्रक्रियाबाट सहमतिको हुबहु पारित किन नगर्ने ? प्रधानमन्त्रीको वचन हो प्रधानमन्त्री व्यक्ति हो। गोविन्द केसी ढाल बन्ने होइन प्रधानमन्त्रीको विश्वास ढल्ला भन्ने हो। यसलाई जोगाउने कि ढाल्ने ?” । थापाको जवाफ दिँदै प्रधानमन्त्रीले एक जना अनशन बसेपछि देश नै बन्धक हुने भन्दै उल्टै प्रश्न गरेका छन् । प्रधानमन्त्रीले भने “एउटा अनशनको कुरा छ अर्को संसदको सर्वोच्चताको कुरा छ। सम्पूर्ण जनताको सार्वभौम सत्ताको खास प्रयोग गर्ने संसद हो। यसको सार्वभौमिकताको प्रश्न हो”।
“यसप्रति म संसदको सर्वोच्चता प्रति, संसदको विधि निर्माण्मा नतमस्तक छु। १६ औं पटकको अनशन जारी छ। १५ पटकको सम्झौताको चर्चा छ। सम्झौता त्यसभन्दा पनि अगाडि भएका थिए। म निवेदन गर्न चाहन्छु विधि कस्तो हुने ? एक जना अनशन बसेपछि देश नै बन्धक हुने ?” उनले अनसन नै सर्बाेपरी नहुने भन्दै यसलाई सबैले बिचार गर्नु पर्ने उनको भनाई थियो