२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मोदीलाई ज्यान मार्ने धम्की आएपछि खैलाबैला

502 Shares
Spread the love

माघ ४ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । बिहीबार उनलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा एजेन्सीहरुको नै होस नै उड्यो । मुख्तार अली नाम बताउँने एक व्यक्तिले दिल्ली पुलिसको कन्ट्रोलरुपमा फोन गरी मोदीलाई मार्ने धम्की दिए भने उनले मोदीलाई तथानाम गालीसमेत गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रधानमन्त्रीलाई मार्ने धम्की आएपछि पुलिस संगठनदेखि लिएर सुरक्षा एजेन्सीहरुमा हलचल नै मच्चियो । प्रहरीले उक्त खबर सुचना आईबी, एसपीजीसंगै एजेन्सीहरुलाई दिए । त्यसपछि प्रहरी लगायतका एजेन्सीहरुले गहनरुपमा छानबिन ग¥यो । त्यसपछि प्रहरीले साँझ एक जनालाई प्रक्राउ ग¥यो । टेक्निल सर्विलेन्सको माध्यमबाट प्रहरीले सो व्यक्तिलाई प्रक्राउ गरको हो ।

उनले रक्सी सेवन गरेर नशाको हालतमा त्यस्तो हर्कत गरेको पुष्टी भएपछि उनलाई लोकल पुलिसलाई हस्तान्तरण गरेका छन् । उनीबिरुद्ध कानुनी कारवाही गर्र्ने तयारी प्रहरीले गरेको मिडियाहरुले जनाएका छन् । स्मरण रहोस यसअघि भारतमा मन्त्री लगायतका शिर्षस्थ नेताहरुको गोली हानी हत्या भईसकेको छ ।

प्रतिक्रिया