२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

क्यान्सरसँगको युद्ध जितेर स्वदेश फर्किए इरफान

2539 Shares
Spread the love

एजेन्सी । गएको मार्चदेखि लण्डनमा न्यूरो एन्डोक्राइन ट्यूमर (एक प्रकारको दुर्लभ क्यान्सर) गराइरहेका अभिनेता इरफान खान भारत फर्किएका छन् । उनी निकट स्रोतले इरफान स्वदेश फर्केको पुष्टि गरे । स्रोतले उनी रिकभर भएकोसमेत बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ठिक समयमा उनले यसबारे औपचारिक जानकारी दिने बताए । जस्तै उनले गएको वर्ष मार्च १६ खुला पत्र लेखेर आफ्नो रोगबारे जानकारी दिएका थिए ।

इरफानकी म्यानेजर मनप्रीतले पनि सकरात्मक इमोजी पठाउँदै म्यासेजमा ‘अहिले यसको पुष्टिका लागि सही समय नभएको’ जनाएको दैनिक भास्करले जनाएको छ । एक विज्ञापन उद्योगमा सक्रिय क्रिएटिभ डाइरेक्टरले इरफान स्वदेश फर्केको पुष्टि गरेका छन् ।

उनले लण्डनमा इरफानले एक चीमको विज्ञापन शूट गरेकोसमेत बताएका । उनले इरफान ठिक भइसकेको भन्दै आगामी प्रोजेक्टमा सक्रिय हुने उनको भनाई छ ।

इरफानले गएको वर्ष मार्चमा एक ट्वीट गरे भनेका थिए, ‘मलाई न्यूरोएण्डोक्राइन ट्यूमर भएको थाहा भएको छ । यस जिन्दगीमा कुनै आरोप लगाउँन सकिँदैनकी यसले हामीलाई त्यो दिएन, जसको हामीलाई अपेक्षा थियो । गएका केही दिनहरुमा मैले सिकेँ अचानक अगाडि आउने चिजले हामीलाई जिन्दगीमा अगाडि बढाउँछन् । मलाई मेरो न्यूरोएण्डोक्राइन ट्यूमर भएको थाहा भयो । यसलाई स्वीकार गर्न सजिलो छैन । तर, मेरो नजिक रहेका मानिसहरुको प्रेम र मेरो इच्छाशक्तिले मलाई विश्वास दिएको छ ।’

इरफान विशाल भारद्वाजको फिल्म सपना दीदीमा काम शुरु गर्ने तयारीमा थिए । जसमा उनी दीपिका पादुकोणसँगै काम गर्नेवाला थिए । तर, बिरामी भएपछि फिल्मको काम शुरु हुन सकेन । विशालले पत्रकारहरुसँग कुरा गर्दै इरफान ठिक भएपछिमात्र फिल्मको काम शुरु गर्ने बताएका थिए ।

प्रतिक्रिया