२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

ऋचा शर्मा अस्पताल भर्ना

3618 Shares
Spread the love

नायिका एवं निर्मात्री ऋचा शर्मा अस्पताल भर्ना भएकीछिन् । अचानक छातीमा समस्या आएपछि उनी बिहीबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकीछिन् । उनको इमरजेन्सीमा राखेर उपचार भईरहेको छ । ऋचाले सामाजिक सञ्जालमार्फत् आफ्नो अवस्था सामान्य रहेको र चासो राख्ने सबैजनालाई धन्यवाद दिएकी छन्। उनले हार्ट अट्याक नभई सामान्य छातीको दुखेको र सबै रिपोर्ट सामान्य रहेको उनले बताइन्। उनलाई प्रेसर र रुघाखोकीलगायतका समस्या भएको हो ।

पछिल्लो समय सुनकेशरी फिल्म निर्माण गरेकी ऋचा व्युटी विथ ब्रेन भएकी नायिकाको रुपमा पनि चिनिन्छ । बेला बेला आफनो बयानको कारण पनि चर्चामा आउँने गरेकी ऋचा फिल्मी करियरमा भने त्यती सफल नायिका भने हुन सकेकी छैनन् । तथापी उनको अभिनयलाई भने दर्शकहरुले निकै रुचाउँने गर्छन् ।

प्रतिक्रिया