२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सन्यास लिएका हुन् त महानायक राजेश हमालले ?

1940 Shares
Spread the love

नेपाली सिनेमा क्षेत्रमा महानायक राजेश हमाल यतिबेला सिनेमा क्षेत्रमा सक्रिय छैनन् । अन्तिम पटक सकुन्तला फिल्ममा देखिएका राजेशले उक्त फिल्म फ्लप भएपछि भने फिल्ममा काम गरेका छैनन् । उनलाई सिनेमा क्षेत्रले महानायकको उपाधी दिएको छ तर उनी लामो समयदेखि पर्दामा वा फिल्मी क्षेत्रमा नै सक्रिय नहुँदा भने प्रश्नहरु उठ्ने गरेका छन जबकी उनले अभिनयबाट सन्यास पनि लिएका छैनन् । महानायक यतिबेला बिदेश घुमघाम , विभिन्न कार्यक्रमहरुमा व्यस्त रहेका छन् भने छिट्टै को बन्छ करोडपति सो पनि सञ्चालन गर्देछन् ।

राम्रो फिल्म छनोट नभएर हो वा उनको क्रेज सकिएर हो उनका फिल्म पछिल्ला समय चलेनन् । तथापी उनको व्यस्तता भने यतिबेला पनि कम छैन । सामाजिक सञ्जालमा समेत राजेशको नाम चर्चामा आउँछ कारण उनको नामबाट बनेका जोक्स र ट्रोल । महानायक आफै पनि आफनो बारेमा बनेका जोक्स र ट्रोलबाट मजा लिने गरेको बताउँछन् ।

केही समय अगाडी उनले फिल्म निर्देशन गर्ने खबर पनि आएको थियो । जसमा बिदेशमा बस्ने नेपाली युवाहरुले लगानी गर्ने भएका थिए तर उक्त फिल्मको कुनै चाँजोपाँजो देखिएको छैन उता हमालको जन्मदिनमा दिनेश श्रेष्ठको फिल्ममा पनि उनी अनुबन्धित भएका थिए सो फिल्मको काम पनि कहाँ पुग्यो कुनै खबर छैन ।

यस्तोमा महानायकको दर्जा पाएका राजेश हमाल पर्दाबाटै टाढा हुनु राम्रो भने पक्कै होईन । किनकी धेरै दर्शकहरु महानायकको धमाकेदार कमव्याक होस भन्ने चाहान्छन् । फिल्मी क्षेत्रमा उनकै सहोदर नायकहरु कोही फिल्म निर्माणमा छन् त कोही अझै पनि कलाकारितामा नै छन् तर महानायकको यो अनुपस्थितीले महानायककै उपाधीमा प्रश्नचिन्ह उठेको छ ।यसो भनिरहँदा महानयकले नेपाली सिनेमा क्षेत्रमा दिएको योगदानलाई भने नर्कान सकिँदैन ।

प्रतिक्रिया