२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

खुल्यो सबै स्थानीय तहमा रोजगार संयोजकको जागिर (आवेदन प्रक्रिया र योग्यतासहित)

2151 Shares
Spread the love

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशै भरीका ७५३ वटै स्थानीय निकयामा एक÷एक दरबन्दी रहने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको आवेदन माग गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्रकार सम्मेलन गरी देशैमरीका सबै स्थानीय निकायमा करारमा रोजागर संयोजक का लागि शुक्रबार देखि आवेदन माग सुरु गरिने तयारी गरिसकेको जानकारी दिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउन यस कार्यक्रमलाई विशेष जोड दिइएको बताए ।

उनले भने, ‘हामीले भोलिदेखि डेढ महिना भित्र नै काम पुरा हुने गरी सबै स्थानीय तहमा रोजगार संयोजकलाई पुर्याउने तयारी गरिसकेका छौँ ।’
फागुन महिना भरी रोजगार संयोजक पदपूर्ति गरी चैत एक गतेदेखि बेरोजगारहरुको तथ्यांक संकलन गर्ने र रोजगारदाताहरुको समेत संख्या संकलन गर्ने सहसचिव दाहालको भनाई छ ।

कुन स्थानीय तहमा दरबन्दी प्रकृया कस्तो ?

देशका ७५३ वटा स्थानीय तहमा एकएक जना रोजगार संयोजक दरबन्दी गरिने भएको छ । जस अनुसार १० हजार भन्दा कम जनसंख्या भएका स्थानीय तहमा नायब सुब्बा वा सो सरहको र १० हजारभन्दा बढी जनसंख्या भएका स्थानीय निकायमा शाखा अधिकृत सरहको करार दरबन्दीमा कर्मचारी भर्ना गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

रोजगार संयोजकको स्वीकृत अस्थायी दरबन्दीमा मन्त्रालयले एक वर्षका लागि प्रदेशगत रुपमा खुला प्रतिस्पर्धा मार्फत करारमा पदपूर्ति गरी स्थानीय तहमा खटाउने व्यबस्था छ । रोजगार संयोजकका लागि आवेदन दिनेहरुले आफूले काम गर्न चाहेको स्थानीय तह छनोट गर्न सक्ने सहसचिव दाहालले बताए ।

रोजगार संयोजकका लागि योग्यता कति ?

रोजगार संयोजकका लागि सरकारले न्यूनतम योग्यता तोकेको छ ।

राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत सरहकोरोजगार संयोजकका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह वा सो सरह र राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा सरहको रोजगार संयोजकका लागि कम्तिमा प्रविणता प्रमाणपत्र तह ाव सो सरह उर्तीण गरेको हुनुपर्ने छ ।

दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।

भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरीने गरी कुनै कारबाही नभएको हुनुपर्ने छ ।

कम्प्युटर सम्बन्धी देवानागरी र अंग्रेजीमा दक्ष हुनुपर्ने र एमएस अफिस प्याकेज को प्रयोग गर्न सक्ने हुनुपर्ने छ ।

इमेल इन्टरनेट र व्यबस्थापन सूतना प्रणाली (एमआइएस) सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्ने छ ।

छनौट प्रकृया

रोजगारीका लागि आवेदकले अनलाईन प्रणाली मार्फत फारम भर्न सक्ने व्यबस्था मिलाइएको छ ।

लोकसेवा आयोगले तोकिएको योग्यता अनुसार नै रोजगार संयोजकको आवेदन लिइने सहसचिव दाहालले बताए ।

उनका अनुसार न्यूनतम शैक्षिक योग्यताका आधारमा आवेदकले ७० अंक पाउने छन् र तोकिएको शैक्षिक योग्यता भन्दा उच्च शैक्षिक योग्यता भएका आवेदकको हकमा भने ७० अंकमा २० अंक समेत थप गरिने व्यबस्था गरिएको छ ।

१० अंक भने अन्य विभिन्न व्यबस्थाबाट राखिने छ ।

१ सय पूर्णाङ्कमा छनौट भएका आवेदकहरुलाई स्किल टेस्टका रुपमा कम्प्युटरबाट नै जम्मा २५ वटा प्रश्न सोधिने व्यबस्था छ । रोजगार संयोजनका लागि देशका ७ वटै प्रदेशमा स्किलटेस्ट हुने मन्त्रालयले जानकारी दिएको छ ।

रोजगार संयोजकका रुपमा काम गर्न चाहानेहरुले स्थानीय निकायबाट काम गर्न चाहाने हो सो निकाय मार्फत नै आवेदन तथा स्किल टेस्ट दिन सक्छन् ।

के हो रोजगार संयोजकको जिम्बेवारी ?

रोजगार संयोजकका रुपमा छनौट भएकाहरुले बेरोजगारको तथ्यांक संकलन गर्नुपर्ने देखिन्छ ।

सूचिकृत बेरोजगारहरुलाई परिचयपत्र वितरण गर्ने ।

स्तानीय तहमा उपलब्ध भएका रोजागारदाताहरुको संख्या यकिन गर्ने ।

रोजगारीका अबसर पहिचान गरी सोको सूचना उपलब्ध गराउने ।

रोजगारदाताका लागि श्रमिकहरु उपलब्ध गर्ने वातावरण तयार गर्ने ।

बेरोजगारहरुको ज्ञान, सीप, क्षमता तथा दक्षता पहिचान गरी सोही अनुरुप रोजगारी उपलब्ध गराउन सहयोग गर्ने ।

आफ्ना कामकारबाही गाउपालिका तथा नगरपालिकामा पेश गर्ने ।

बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगर्त स्थानीय स्तरबाट नै महत्वपूर्ण जिम्बेवारी पूर्ण काम रोजगार संयोजकले गर्नुपर्ने भएकोले सोही अनुसार कर्मचारी छनोटमा ध्यान दिने सहसचिव दाहालको भनाई छ ।

प्रतिक्रिया