२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

“डा.केसीलाई कम्युनिस्ट बिरोधी भन्नेहरु अहंकारी”:- गगन थापा

918 Shares
Spread the love

माघ ३ – डा . गोविन्द केसी यतिबेला आफना माग पुरा नगरेको भन्दै इलाममा गएर अनसन बसिरहेका छन् । उनले अनसन बस्दा समर्थनसंगै बिरोध पनि भईरहेको छ। केही दिन अघि मात्र नेकपाका नेता योगेश भट्टराई केसीलाई कम्युनिस्ट बिरोधी समेत भनेका थिए । उनको यस अभिव्यक्तिलाई नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापालेले कडा जवाफ दिएका छन् । उनले डा .केसीलाई कम्युनिस्ट बिरोधी भन्नु अज्ञानता र अहंकारले प्रभावित दृष्टि दोष भएको बताएका छन् ।

डा. केसीको अनसनका विषयमा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले डा केसीले हरेक सरकारको पालामा विरोधको भाषा बोलेको हुँदा उनलाई कम्युनिस्ट बिरोधी भनेर देखाउँन खोज्नु ठुलो गलत भएको बताए । थापाले केसीले कांग्रेस, एमाले, अख्तियार, न्यायालय सबैसँग लडेको हुँदा उनलाई कम्युनिस्ट विरोधी भनेर उनलाई अनसनलाई राजनितीकरण गर्न खोजिएको आरोप लगाए ।

केसीको लडाई कांग्रेस , कम्युनिष्ट कुनै पार्टीको बिरोधी नभई आम नेपाली जनताको लागि गुणस्तीय स्वास्थ्यका लागि भएको थापाको भनाई छ ।  उनले १५ पटकसम्म सम्झौता भए पनि कार्यान्वयन नभएकोले सहमती बमोजिम माग पुरा गर्नु पर्ने बताए । केसी १६ औं पटक अनसन बस्दा सबै पार्टीलाई लज्जाबोध हुनु पर्ने थापा बताउँछन् । उनले कार्यक्रममा बोल्दै प्रधानमन्त्रीलाई चिकिसा शिक्षा विधेयक संशोधन गरेर चिकित्सा क्षेत्र सुधारका लागि कदम चाल्न उनले आग्रह गरे ।

प्रतिक्रिया