बेक्स्ली केण्ट :- गत शनिबार १२ जनवरी २०१९ फाल्काेनउड कम्युनिटी सेन्टरमा पहिलाे पल्ट तमुहरूकाे नयाँ वर्ष फ्हो ल्होछार बिभिन्न रमाईलो कार्यक्रमहरूको साथमा सम्पन्न भएको छ। साे कार्यक्रममा बेक्स्ली केण्ट लगायत वरिपरि बसाेबास गर्नुभएकाे तमु तथा गैरतमुहरूकाे साथै युवाहरुको पनि बाक्लाे उपस्थिति रहेकाे थियाे। कार्यक्रममा लण्डन बाराे अफ बेक्स्लीका मेयर ब्राइन विशप, काउन्सिलर क्रिस्टिन काटेरल, काउन्सिलर भाल क्लर्क र काउन्सिलर नाईजेल बेटको विशेष उपस्थिति रहेको थियो।

लण्डन बाराे अफ बेक्स्लीका मेयर ब्राइन विशपको प्रमुख अतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा बेक्स्ली नेपाली कम्युनिटीका अध्यक्ष बिजय बहादुर गुरुङ, संस्थापक अध्यक्ष केश बहादुर गुरुङ, बरिस्ठ उपाध्यक्ष श्रीप्रशाद गुरुङ र ल्होछार संयाेजक तथा उपाध्यक्ष बिन्दु गुरुङ द्वारा दीप प्रज्वलन गरि उदघाटन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि ब्राइन विशपले उक्त ल्होछारमा सहभागी हुन पाउँदा आफु धेरै खुशी भएको र सो ठाउँमा धेरै भू.पु. गोर्खाहरुको समूह हुनाले आफुलाई गर्व लागेको साथै भविष्यमा आफु मेयर नरही काउन्सिलरमात्र रहे तापनि निम्तो पाएमा अवस्य पनि सहभागी हुने कुरा गर्नु भयो। त्यसैगरि ल्हाेछार कार्यक्रम संयाेजक श्रीमती बिन्दु गुरुङले सम्पूर्ण अतिथिहरु र सो कार्यक्रममा सहभागी हुने सबैलाई स्वागत गर्दै ल्हाेछारकाे शुभकामना मन्तब्य प्रकट गरेका थिए।
त्यसपछि मेयर ब्राईन बिशपको बाहुलीबाट नबनिर्बाचित साउथ ईष्ट रेजिनल तमु धिंका अध्यक्ष हिरा प्रशाद गुरुङ र उपाध्यक्ष याेगेश गुरुङ, डाइमण्ड बुद्दिष्ट सेन्टरका अध्यक्ष सुमल कुमार गुरुङ तथा तमु समाज यूकेका अध्यक्ष शिव प्रशाद गुरुङ लगायत बेक्स्ली नेपाली कम्युनिटीका सल्लाहकारहरूलाई खादा प्रदान गरिएकाे थियाे। सम्मान कार्यक्रमपछि अध्यक्ष बिजय बहादुर गुरुङले ल्हाेछार कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अार्थिक, भाैतिक र नैतिक सहायता दिनुभएको सबैलाई तथा सो कार्यक्रममा सहभागी हुनु भएका महानुभाबहरूलाई धन्यवाद दिदै अाैपचारिक कार्यक्रम समाप्त गर्नुभएकाे थियाे। र साे दिनमा अाैपचारिक कार्यक्रम बेक्स्ली समाजका महासचिब हरिश ज्ञवालीले गर्नुभएकाे थियाे भने हलकाे सुरक्षा संबन्धी जानकारी सल्लाहकार जनक पाेखरेलले संचालन गरेका थिए।
![]()
उक्त कार्यक्रम “अायाे ल्हाेसार” शुभकामना गीतबाट शुअारम्भ भएकाे र सो गीतमा बिजिता गाैतम र सुष्मा ढुङ्गानाले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै तमु प्लेल्हु संघ यूकेका लिडिङ मेम्बर मान बहादुर गुरुङ र हिरा बहादुर गुरुङकाे साथमा अन्य दाजुभाइ, दिदीबहिनी र भान्जीहरूले ग्रुप कौडा नृत्यहरू प्रस्तुत गरेका थिए।अन्य कलाकारहरू एलिसा खत्री, सरीता, बिष्णु गुरुङ,मीना गुरुङ, कुल गुरुङ, क्रिष्टिना, हेबिना सेडाई र शिबराम गुरुङले विभिन्न अाकर्षक नृत्यहरू प्रस्तुत गरेका थिए भने प्रतिष्ठा गुरुङबाट गितारकाे मिठाे धुन तथा बासु शर्माद्वारा कबिता बाचन प्रस्तुत भएको थियो। औपचारिक कार्यक्रम शुरु हुनुभन्दा अगाडि केदार थपलियाले स्टेज सम्हाल्नु भएको थियो र साँस्कृतिक कार्यक्रम समाजका सल्लाहकार शिबराम गुरुङ बि.ई.एम. ले संचालन गरेका थिए। साथै नेपालबाट अाएका चर्चित लाेकदाेहाेरी गायक सन्जय गुरुङले मीठो गीतहरु गाएर सो मञ्च नै ल्होछारमय बनाइ अति मनाेरञ्जन दिलाएका थिए।
सो कार्यक्रममा राफल ड्र विजिता गौतमले संचालन गर्नु भएको थियो भने डिजे/साउन्ड सिस्टममा निसान गुरुङ र राेसन गुरुङ,फाेटाे/भिडियोग्राफी (यूथ ग्रुपबाट) बिराज गुरुङ र अर्जुन श्रेष्ठ थिए। त्यस्तै पेय मा हिमाल गुरुङ, प्रकाश गुरुङ,दिपेन सिटाैला रंगना गुरुङ,टीना गुरुङ र अन्य साथिहरू,फेशबुक लाईभमा हाेम ज्ञावाली तथा ईन्ट्रान्स (एक्सिस कन्ट्राेलर) मा काेषाध्यक्ष सन्जिब सुवेदी, सहायक काेषाध्यक्ष कमल गुरुङ र दीपेन्द्र सिटौलाले सन्चालन गरेका थिए र क्याटरिङ रेखदेख गर्नमा भाेज गुरुङ थिए भने थकाली किचनकाे मिठाे खाना खाएर सबैजना रमाएका थिए।
उक्त कार्यक्रममा साउथईष्ट रेजिनल तमुधिंका पुर्ब अध्यक्ष श्रीचन्द्र गुरुङ, सोंपाल समाजका पुर्ब महासचिब जगदिश गुरुङ, बेक्स्ली समाजका सल्लाहकार चन्द्रबीर गुरुङ, सल्लाहकार चयन्द्र गुरुङ, सल्लाहकार दिपक गाैतम आदिको सहभागी रहेको थियो। नेपाली क्लासका प्रिन्सिपल बिजिता गाैतमका साथमा स साना विद्दार्थी नानीहरूलाई अगाडि राखेर राष्ट्रिय धुन बजाई उद्घाटन गरिएको ल्होछार कार्यक्रम बेलुका झण्डै १० बजेतिर समाप्त भएको थियो।
साभार : बेक्सली नेपाली समाजका उपाध्यक्ष तथा ल्हाेछार कार्यक्रम संयाेजक श्रीमती बिन्दु गुरुङ
