२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पल शाहकी नयाँ हिरोइनलाई चिन्नुहुन्छ ? फोटोमा हेर्नुहोस् यी हुन् ‘हृदय भरी’की हिरोइन

1544 Shares
Spread the love

काठमाडौं। पल शाहसँग आगामी फिल्मबाट नेपाली फिल्मी क्षेत्रमा एक नयाँ हिरोइन प्रवेश गर्दैछिन् । फिल्म ‘हृदय भरी’बाट नवनायिका श्रद्धा क्षेत्री नेपाली फिल्म उद्योगमा भित्रिन लागेकी हुन् । फिल्म निर्माणको घोषणा पुसको अन्तिम साता गरिएको हो । सुरज सुब्बा ‘नाल्बो’को लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा पल शाह, निर शाह, सुनिल थापा, आकाशबाबु खवास, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, अनुपम श्रेष्ठ, आयुष्मान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ ।

यसै चलचित्रमार्फत श्रद्धा क्षेत्री नेपाली चलचित्रमा डेब्यू गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् । चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपिन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपिन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने चलचित्रमा सौरभ विश्वास र रुचि विश्वास सह–निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । चलचित्रको छायाँकन फागुनको तेस्रो साताबाट शुरु हुने निर्माण यूनिटले जनाएको छ । हेर्नुहोस् श्रद्धाका फोटोहरु –

प्रतिक्रिया